Websoft University
Latest Post


विराटनगर, कार्तिक ८ गते । झापाको मेचीनगर नगरपालिका(६ मेचीपुल स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई र नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कार्तिक ७ गते साँझ इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर(६ का २१ बर्षीय अशोल राजवंशी र २२ बर्षीय रिचार्ड श्रेष्ठको साथबाट २ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो । 

यसैगरी मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा कार्तिक ७ गते दिउँसो १ बजे को २१ प २८३३ नम्बरको मोटरसाईकलमा जेब्रा झोला भित्र ३० वटा प्याकेटमा प्याक गरेर ल्याउदै गरेको १५ हजार नियन्त्रित ट्याब्लेट सहित मोटरसाईकल चालक मोरङको कटहरी गाउँपालिका(१ का ३५ बर्षीय निरज राजवंशीलाई नियन्त्रणमा लिएको हो । उनको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भई रहेको छ ।



विराटनगर  असोज २८ गते । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा केही दिन यता रगतको अभाव देखिएको छ ।
 

हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगतको अभाव देखिएको हो। तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन्। 

दशैँपछी सबै समुहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य हस्पिटलहरुमा रगतको अभाव सिर्जना भएको हो ।

विराटनगरमा सुविधा सम्पन्न हस्पिटलहरु भएका कारण टाढा टाढाबाट बिरामीहरु आउने हुँदा रगतको माग पनि उच्च छ । माग बढ्दा केन्द्रमा रगतको अभाव सिर्जना हुने गरेको नेपाल रेडक्रस सोसाईटी मोरङले जनाएको छ।  

विराट मेडिकलमा सहज रुपमा उपलब्ध हुने पोजेटिभ समूहको रगतको समेत अभाव भएको ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए।  रगतको अभाव भएपछि रगत दिइनु पर्ने अवस्थाका बिरामीका आफन्तहरुले बढी हैरानी व्यहोर्नु परेको छ । हस्पिटलमा चिकित्सकले रगत चढाउनु पर्छ भनेपछि उनीहरु सम्बन्धित समूह रगतको खोजीमा भौंतारिनु पर्ने अवस्था छ भने बिरामीले समयमा रगत नपाउने अवस्था भोग्नु परेको छ । 

विराट मेडिकलमा दैनिक १०० देखि १२० पिन्ट रगतको माग हुने गरेको छ। तर रक्तदान गर्नेको संख्या भने निकै कम रहेको छ।  दिनमा १५ देखि २० जनाले मात्रै रक्तदान गर्ने गरेको ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले बताए। उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरुलाई असर परेको छ।

 विभिन्न संघ,संस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न, स्वास्थ्य अवस्थामा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई नजिकैको रक्त केन्द्रमा गई रक्तदान गर्न अनुरोध गर्नुका साथै  हस्पिटलले एउटा सुचना जारी गर्दै आफ्नो सम्पूर्ण कर्मचारीहरुले विराट ब्लड बैंकमा गई रक्तदान गर्न अनुरोध गरेको छ। 

ईच्छुक महानुभावले विराट ब्लड बैंकको सम्पर्क नम्बर ९८०२७०९०८१ मा सम्पर्क गरि रक्तदान गर्न सक्नुहुने छ।


काठमाण्डेो | २०८२/५/ २४ र २५ गते नेपालमा जेन्जी आन्दोलन भइरहेका बेला देश डडी रहेको थियो ! त्यस बेला आन्दोलनकारीलाइ पानी बितरण गर्न पुगेका हाम्रो नेपालका सुदन गुरूङ जेन्जीको नेत्रीत्व गर्न थालेका थिए भने हाम्रो नेपालका उपाध्यक्ष अर्जुन शाही लेडुब बनेर नेपाल बेच्न भारत पुगेर टिभी चेनलमा नेपाली जनता भारतमा गाबिन आतुर छन भन्दै, म मोदी भेटन आएको भन्दैथिए | 

यता नेपालमा स्वतन्त्र तिव्ती (T O 😎 सट लगाएर काठमाडौं मा रणमैन मचाइरहेका थिए | जेन्जी लाइ माइनस मा पारेर आइयोन्जीअेा ले वा सुदन गुरूङ समुहले सेना र पेोडेल सग गलत सम्जोतेो गरी काग्रेसको जस्तो जेन्जी बिहिन बिदेसी कटपुतली बनाइरहेका थिए |


 रामचन्द्र पेोडेलकै कारण अहले सम्म कसैलाइ वा पक्राउ कारवाही सरकारले सकेन भएन | पाकिस्तान, बगला देश को इतिहास हेर्दा आन्दोलन चरम भए पछि जनताको नाममा सेनाले गरी सेनाले सबै बिगठन गरेर एमजेन्सी लगाए पछी आन्दोलन कारी र सेनाको समनयमा सरकारको प्रधान मन्त्री घोषणा गरेर मन्त्री मन्त्री मडल गठन हुन्छ । 

जेन्जी आन्नदोलन जेन्जीको सरकार होइन, आइएनजिअेा र बिदेसी दलालको सरकार नेपालमा बनेकाले  सबिधानको परिधिमा बसेर चुनाव गराउने रे ? धेरै बालबालिकाको ज्यान तेसै गएकै हो त ?

कार्यकारी होइन रे ? राषट्रपतिको राजिना राष्ट्रिय सभा खारेजी प्रदेश  शभा र खारेजी खै त गरेको ? बार वर्ष रावण पढायो सीता कसकी छोरी भनेजस्तै भयो | अब चै नेपाल रणमैदा बन्ने त्रास बढ्यो |

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.