Websoft University

एभरेष्ट जस्ता स्कुलका कारण विराटनगर शैक्षिक हब बनेको होः मेयर नागेश कोइराला


विराटनगर माघ ६ गते | विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर– ५ स्थित एभरेष्ट स्कुल जस्ता विद्यालयका कारण विराटनगर शैक्षिक हब बनेको बताउनुभएको छ ।

 उहाँले एभरेष्ट स्कुलले दिएको शैक्षिक वातावरण अन्तर्राष्ट्रिय स्तरको भएका कारण अधिकांश अभिभावक र विद्यार्थीको रोजाई बन्न पुगेको बताउनुभयो । उहाँले आफ्नो बाल्यकाल सम्झिँदै गुणस्तरीय शिक्षाका लागि आफूले बाहिर जानु परेपनि आफ्नी छोरीलाई सोहि वातावरण एभरेष्ट स्कुलले प्रदान गरेको बताउनुभयो ।

एभरेष्ट स्पोर्ट्स वीक (एभरेष्ट खेलकुद सप्ताह) –२०८१को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले अभिभावकले आफ्ना बालबच्चालाई डाक्टर, इन्जिनियर बनाउने सपना मात्र देख्न नहुने भन्दै बालबालिकाकोइच्छा र क्षमता अनुसार नै अघिबढ्न दिनुपर्नेबताउनुभयो ।

उहाँले आफ्नो बच्चाले राम्रो पढोस् भन्ने चाहना हुनु स्वभाविक भएपनि उसको भविष्य उसको इच्छा अनुसार नै तय गर्न मार्ग दर्शन गर्नुपर्ने बताउनुभयो । बालबालिकाका अनेक क्षेत्रका रुचि हुने भन्दै उहाँले ति सबै रुचिलाई सार्थक बनाउन एभरेष्ट स्कुलले वातावरण तयार गरेको समेत बताउनुभयो ।

उहाँले बालबालिकाको सर्वाङ्गीण विकासका लागि एभरेष्टले भूमिका खेलिरहेको चर्चा गर्दै सबै विद्यालयले यस तर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । मेयर कोइरालाले विराटनगर महानगरपालिकाले समेत महानगरका सबै सामुदायिक विद्यालयमा हरेक शुक्रबार हास्दै–खेल्दै पढ्ने अभियान चलाएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले विद्यालय स्थापनाको ३१ औं वर्ष पूरा भएको भन्दै सम्पूर्ण अभिभावक तथा सरोकारवालाको विश्वासले एभरेष्ट स्कुलले देशकै उत्कृष्ट विद्यालयहरु मध्ये एक हुन सकेको बताउनुभयो । उहाँले हाम्रा विद्यार्थी हरेक क्षेत्रमा अब्बल हुनुपर्छ भन्ने मान्यताका साथ सोहि अनुसारको वातावरण तयार गरिएको बताउनुभयो । 

यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा विराटनगर प्रदान गर्नुपर्छ भन्ने उद्देश्य आफूहरुको रहेको बताउनुभयो । यसका लागि आवश्यक सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार तयार गरिएको बताउनुभयो । उहाँले शैक्षिक ज्ञानसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पनि उसैगरी लगानी गरिएको बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.