Websoft University
Latest Post


विराटनगर माघ ४ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग आइतबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोटिङ क्लव र विराट क्रिकेट एकेडेमि विजयी भएका छन्         ।

पहिलो खेलमा डाइनामकि क्रिकेट एकेडमिलाई सिद्धार्थले ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै २ अंकका साथ समुह वि को शिर्ष स्थानमा रहेको छ ।  यहि समुहमा २ खेल खेलेको कटहरीले १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ दोस्रो, डाइनामिकले पनि  १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो र लायन क्रिकेट एकेडेमि खेलेको १ खेलमा पराजित हुँदै लिगको पुछारमा रहेको छ ।

टस हाररे ब्याटिङको निम्तो पाएको सिद्धार्थले निर्धारित १८ ओभरमा ८ विकेट गुमाई १ सस ३७ रनको योगफल तयार पारेको थियो । सिद्धार्थकालागि अटल साहले रिटायर हर्ट हुनु पूर्व ४४ रन बनाएका थिए । अटलबाहेक फिर्दोस अन्सारीले ४० रन र  रविन मण्डलले २९ रनको योगदान दिए । डाइनामिकका एसएस झाले ३ विकेट लिँदा विवेक झाले २ विकेट लिए ।

जवाफमा १ सय ३८ रनको लक्ष्य पछ्याएको डाइनामिकले १५ ओभरमा सवै विकेट गुमाई ६४ रनमा सिमित हुन पुग्यो । डाइनामिकका सुभाष राँयले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । सिद्धार्थका फिर्दोस अन्सारीले ३ विकेट लिँदा दुर्गेस मल्लिकले २ विकेट तथा दिेपेश कँडेल र निरज मुखियाले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच सिद्धार्थका फिर्दोस अन्सारी घोषित भए ।

सुमुह ए अन्तरगत भएको पहिलो खेलमा विराट क्रिकेट एकेडमिले इलाइट क्रिकेट क्लवलाई ५१ रनको स्कोरले पराजित गर्दै २ अंक जोडेको छ ।

टस जितेर ब्याटिङ गरेको विराटले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सस ४१ रनको योगफल तयार पारेको थियो । विराटकालागि विशाल ढकालले अविजित ६० रनको योगदान दिँदा दिपक पासवानले १९ रन र लव कामतले १५ रनको योगदान दिए । इलाइटका  सोनु सिंहले २  विकेट लिँदा हरेराम सिंह र राजु विश्वकर्माले २–२ विकेट लिए ।

जवाफमा १ सय ४२ रनको लक्ष्य पछ्याएको इलाइटले १८ दशमलव २ बलमा सवै विकेट गुमाई ९० रनमा सिमित हुन पुग्यो । इलाइटका चतुरानन्द मेहताले १८ रन बनाउँदा सागर मल्लिकले पनि १८ रन बनाए । विराटका महबुब इराकीले ३ विकेट लिँदा श्रवण यादवले पनि ३ विकेट लिए । त्यस्तै दिपक पासवानले २ विकेट आत पारे  ।  खेलको प्लेयर अफ द म्याच विराट विशाल ढकाल घोषित भए ।

सोमबारको पहिलो खेल सिद्धार्थ स्पोर्टिङ क्लव र कटहरी क्रिकेट एकेडेमि तथा दोस्रो खेल विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विच प्रतिस्पर्धा हुने छ ।


विराटनगर  माघ  ३ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शनिबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी शुरुवातटट गरेको छ । ।

डाइनामकिले कटहरी क्रिकेट क्लब एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ । 

टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो । कटहरीकालागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए । डाइनामकिका विवेक झाले २ विकेट लिँदा विकाश कामत एसएस झा र सुवास राँयले १–१ विकेट लिए ।

जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामीकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । डाइनामीकका रवि राँयले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे । कटहरीका अभय कामतले ३ विकेट लिँदा सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच डाइनामीकका विवेक झा घोषित भए ।


विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी  स्कुलमा आजदेखि वार्षिक स्पोर्ट्स मीट सुरु भएको छ । सप्ताहाब्यापी कार्यक्रमको आज पहिलो दिन नर्सरी देखिकक्षा तीनसम्मका विभिन्न स्पर्धाहरुभएको थियो ।

विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार कक्षा नर्सरीका लागि ‘ब्यालेन्स रेस’, ‘स्वीट रेस’ र ‘म्यूजिकल चेयर’ का स्पर्धा हुनेछन् ।

यस्तै एलकेजीका विद्यार्थीहरुको ‘स्वीटर रेस’ र ‘वेट पौरिङ’ का स्पर्धा हुन्छन् । भने यू केजीका विद्यार्थीहरुको बेलुन फुटाउने, ‘रेडि टु स्कुल’ ‘म्यूजिकल चेयर’ र ५० मिटर दौडका स्पर्धा हुनेछन् ।

कक्षा एक का विद्यार्थीहरुको बोतल भर्ने स्पर्धा, ‘म्यूजिकल चेयर’, ‘म्याथ रेस’, सियोमा धागो छिराउने स्पर्धा र ५० मिटर दौड हुने छ ।

यस्तै कक्षा दुई र तीनका विद्यार्थीहरुको ५० मिटर र १०० मिटर दौड तथा ‘म्याथ रेस’ र ‘मार्वल एण्ड स्पून रेस’ का स्पर्धा हुने डंगोलले बताइन । स्पोर्टस् मीट अन्तर्गत कक्षा ४ र ५ का विद्यार्थीहरुको १०० मिटर, २०० मिटर दौड, ‘म्याथ रेस’ ‘मार्वल एण्ड स्पून रेस’ हुने विद्यालयले जनाएको छ ।

कक्षा ६ र ७ का विद्यार्थीहरुको लङजम्प, १०० मिटर, २०० मिटरको दौड हुनेछ । यस्तै ६ र ७ का विद्यार्थीहरुको १०० गुणा ४ रिले समेत हुनेछ ।

कक्षा ८ र ९ का विद्यार्थीहरुको लङजम्प, ज्याभ्लिन थ्रो, सटपुट, भलिबल, दौडका विभिन्न स्पर्धा, ट्रिपलजम्प हुनेछन् । प्रतियोगिता अन्तर्गतका कतिपय विधामा छात्र तथा छात्राहरुको छुट्टाछुट्टै स्पर्धाहरु हुने अतिरिक्त कृयाकलाप इन्चार्ज डंगोलले बताइन । उनका अनुसार ७ गतेसम्म सञ्चालन हुने स्पोर्टस् मीटका विजेता खेलाडीहरुलाई विद्यालयको वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिने छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.