नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा असोज २७ गते संचालन भएको रक्तदान कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र भण्डारी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानियवासी, संचारकर्मी तथा बिभिन्न कलेजका शिक्षक तथा बिद्यार्थीहरु समेत गरी १३६ जनाले रक्तदान गरेका थिए ।
७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापा, इलाम, धनकुटामा आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियबासी समेत गरी ७० जनाले रक्तदान गरेका थिए ।
बिराटनगर असोज २८ गते । विराटनगर देखी प्राचीन काली मन्दिर रंगेलीसम्म हुने निशान,ध्वजा, सहितको पैदल यात्राको दशौ संस्करण यो वर्ष पनि हुने भएको छ । यो वर्ष २०८३ साल कात्तिक ३ गते मंगलबार महानवमीका दिन आयोजना हुने ।
विराटनगरबाट हातमा निशान र झण्डा लिएर सुरु हुने यो यात्रा करिब २३ किलोमिटर लामो रहनेछ र रंगेलीस्थित प्रसिद्ध काली मन्दिरमा पुगेर निशान ध्वजा अर्पण गरिनेछ । सहभागिता र व्यवस्थापन, अनुमानित संख्या करिब ८ हजार निशान ध्वजा यात्री र अन्य १० हजार गरी कुल १८ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ ।
यात्रामा सहभागी हुने प्रत्येक व्यक्तिबाट ३००रुपैे याँ मात्र सहभागिता शुल्क लिइने गरिएको छ । अन्य खर्च दाताहरूबाट संकलन गरिनेछ । सो को अनुमानित बजेट यात्रा व्यवस्थापनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए । यात्रा सम्पन्न भएपछि सहभागी सबैका लागि रंगेलीस्थित काली मन्दिर परिसरमा रहेको धर्मशालामा नि,शुल्क प्रसाद भोजनको व्यवस्था समेत गरिने आयोजकहरुले जानकारी गराएका छन ।
विश्रामस्थलहरू
यात्राका क्रममा विराटनगरबाट सुरु भई देहायका स्थानहरूलाई विश्रामस्थलका रूपमा निर्धारण गरिएको छ ।जीवन विकासको कार्यालय अगाडि चिया–पानी कार्यक्रम,सेलो मिल,जुडी पुलछेउ, रामचोक पूर्व, दादरबैरियास्थित वसन्त राजवंशीको काँटा,आनन्द इँटाभट्टा दादरबैरिया,किसान अग्रवालको मिल कर्सिया नहर,बेतौना चोकस्थित सन्तोष रौनियारको गोला,रहने भएको बताएका छन । संसारीमाई लगायतका बिभिन्न सघ स्थानहरू सहभागि रहने बताइएको छ । यसको मुल उदश्य भनेको बिराटनगर र पुरानो राजधानी भनेर चिनिने रगेलीलाई धार्मिक सांस्कृतिक पर्यटकिया हिसावले जोड्न खोजिएको हो ।