उदयपुरः उदयपुरको पश्चिमी गाविस ओख्लेमा एक पाँच वर्षीयाबालिका बलत्कृत भएकी छिन् ।
सोही गाउँका १८ वर्षका ज्ञानबहादुर खड्काले बुधबार दिउँसो घरमा कोही नभएको मौका छोपी बलत्कार गरेको पीडित बालिकाको आफन्तले बताएका छन् ।
घटना २६ गतेको भएपनि भोलिपल्ट मात्र पीडित बालिकाले परिवारलाई सुनाएपछि घटना बाहिर आएको थियो । घटना लगतै समाजका मानिसहरु भेला भई पिडकको खोजी गर्दा पिडक फरार रहेकाले नजिकैको प्रहरी चौकीमा गई उजुरी गरेको स्थानीय नेता बाबुराम राईले बताउनु भयो ।
घटना स्थलतर्फ इलाका प्रहरी कार्यालय कटारीको टोली पठाई सकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक ओमबहादुर राना मगरले बताउनु भयो । फरार आरोपितको खोजी कार्य भइरहेको बताउनु भयो।
Post a Comment