विराटनगर, असार १६ गते । जिल्ला विकास समिति मोरङले मोरङका दुई गाविसमा एकीकृत विकास अभियान सञ्चालन गर्दै आएको छ । २०७० सालदेखि मोरङको पोखरिया र सिंहदेवी गाविसमा यो अभियान सुरु गरेको जिल्ला विकास समिति मोरङले जनाएको छ ।
अभियानअन्तर्गत गाविसका हरेक वडाबाट पाँचजना स्वयंसेवक तयार गरी अभिमुखिकरण तालिमसमेत दिइएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgRstN6Z3aTNTn83tp4VZMYsFua4n9T-qEnkEHnFvjonZG_RkaUSCAV5ZborSTHYPvjZEVpJUVyTv_uTr0mKq3BXzvvGw9UP_ZPmFHYi0I3s8B1ZSx9FfuixIsXCKKdJX791j0SduVuyAYt/s320/13578736_1712247895691353_384929556_n.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiLgVCXdypKnTnWd625q-KwdNKWunDlYjogj0pGQQPpWWHACNM9W41ThYj2MwyKzX0elT8y6j6LEcfG_CteIXxjgxUKrr12HceJEJXRiobt16nep0XkmyHqxXTykCkkG8bvHlRSFVooZYaP/s320/13565977_1712247912358018_1278938899_n.jpg)
अभियानको मूल उद्देश्य स्वयंसेवा, परिश्रम र सहकार्यलाई जोड दिनु रहेको छ । परिवारको सरसफाई, आर्थिक विकाससँगै समग्र समुदायको सरसफाई र भैरहेको पूर्वाधारको संरक्षण गर्दै दिगो उपयोगमा जोड दिनु रहेको छ ।
गाउँ विकास समितिको समग्र विकासका निम्ति जनचेतना अभिवृद्धि गर्दै समस्त विकासको उपभोग सबै नागरिकलाई समानरुपमा गर्न सक्ने व्यवस्थाका लागि जिल्ला विकास समितिको यो अभियान उपलाब्धिपुर्ण रहेको जिल्ला विकास समिति मोरंगका कार्यक्रम तथा सूचना अधिकृत महेन्द्र खड्काले बताउनु भयो ।
अभियानअन्तर्गत असार १५ गतेका दिन पोखरिया गाविसमा सडकको सरसफाईका साथै खल्डाखुल्डी व्यवस्थापन अभियान चलाइएको जिविस मोरङले जनाएको छ ।

Post a Comment