अमर काफ्ले,
इनरुवा २० जेठ- पूर्वराजा ज्ञानेन्द्र साह इनरुवा आइपुग्दा उनको स्वागतका लागि भेला भएको भिड नियन्त्रण गर्न सुरक्षा निकायलाई हम्मेहम्मे परेको छ ।अपरान्ह इनरुवा आइपुगेका ज्ञानेन्द्र भगवित मन्दिरमा पुर्जा अर्चनाका लागि जाने क्रममा अत्याधिक भिडका कारण निकै परदेखिनै पैदल हिंडेका थिए ।भगवति मन्दिरमा पुगेर विधिवत पुजाअर्चनामा सहभागि बनेका ज्ञानेन्द्रले मन्दिर परिषरको समेत अवलोकन गरे ।त्यसपश्चात भगवति मन्दिर हातामै रहेको शनि र काली मन्दिरमा समेत उनले पुजा गरेका गरे ।
मन्दिरबाट निस्कने क्रममा शुभचिन्तकहरुबाट स्वागत सम्मान थाप्दै अघि बढेका उनको सुरक्षाका लागि प्रहरी प्रशासनलाई निकैनै सास्ती खेप्नु परेको थियो ।बाक्लो भिडका कारण पूर्वराजाको स्वागतका लागि लामवद्ध बनेकाहरु हानाथाप गरी तछाँडमछाँड गरी भेटका लागि अघि बढ्दा ज्ञानेन्द्र तीन पटक लडेका थिए । यद्यपी उनलाई सुरक्षाकर्मीहरुले सम्हाले ।भगवति मन्दिरबाट पैदल निस्केका ज्ञानेन्द्रले बाटोमा प्रतिक्षामा बसेकाहरुबाट सम्मान थाप्दै दायाँबायाँ उपस्थितहरुलाई हात हल्लाएर आफ्नो उपस्थिती दर्शाएका थिए ।
ज्ञानेन्द्र साह पछिल्लो एकसातायता पूर्वको भ्रमणमा रहेका छन् । पछिल्लो सयम राजसंस्था र हिन्दुराज्यको प्रशंग बाहिरिएसँगै ज्ञानेन्द्रको भ्रमणलाई लिएर राजनैतिक वृतमा निकैनै टिकाटिप्पणी हुन थालेको छ । यद्यपी पूर्वराजा ज्ञानेन्द्रले संचारकर्मीहरुसँग कुरागर्न भने इन्कार गरे । उनले हातको इशाराले आफुले केहि नबोल्ने भाव दर्शाएका थिए ।
Score: inaruwaonline
Post a Comment