काठमाण्डु, ६ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षमा नेपालले पेट्रोलियम पदार्थ उत्पादन गर्ने बताउनु भएको छ। हाल उत्खनन कार्य भइसकेको बताउदै ओलीले दुई वर्षभित्र त्यसको परिणाम आउने बताउनु भयो ।
एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको आठौँ अधिवेशनको राजधानीमा उद्घाटन गर्दै ओलीले भन्नुभयो, ‘नेपालमा पनि पेट्रोलियम पदार्थको खानी छ भन्ने पहिल्यैदेखि चर्चा चलिरहेको विषय हो र अहिले यसको उत्खनन भइरेको छ । उत्खननको क्रममा सकारात्मक कुरा आएकाले अबको दुई वर्षभित्र नेपालले पेट्रो लियम पदार्थ निकाल्छौँ ।’ देश विकासमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाले पत्रकारले आफ्नो जिम्मेवारी दृढताका साथ पालना गर्नुपर्ने बताउनु भयो । ओलीले पत्रकारितालाई मर्दादित र व्यवस्थित बनाउने सरकार लागिपरेको समेत बताउनु भयो। चौतारीको अधिवेशनका लागि देशभरबाट सात सय १५ जना प्रतिनिधि राजधानीमा भेला भएका छन् ।

Post a Comment