जेठ २२ – तीन पटकका विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलीको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि
शुक्रबार
अस्पताल भर्ना भएका ७४ वर्षका अलीको शनिबार बिहान निधन भएको समाचार एनबिसी
न्युजलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
उनी
सन् १९८४ देखि पार्किन्सन रोगबाट पीडित थिए । गएको वर्ष पिसाब नलीमा
संक्रमण भएपछि अलीलाई पटक–पटक अस्पताल भर्ना गर्नु परेको थियो ।
सन्
१९८१ मा व्यावसायिक बक्सिङ खेलबाट सन्यास लिएका अलिले १२ वर्षको उमेरदेखि
बक्सिङ खेल्न थालेका थिए । उनी सन् १९६४, १९७४ र १९७८ मा विश्व हेभ्बीवेट्
बक्सिङ च्याम्पियन बनेका थिए।


Post a Comment