काठमाडौं: वरिष्ठ संगीतकार अम्बर गुरुङको अन्तिम संस्कार हिन्दु–बौद्ध परम्परा अनुसार गरिने भएको छ ।
मंगलबार बिहान २ बजेर ३७ मिनेटमा ७९ वर्षको उमेरमा निधन हुनु भएका राष्ट्रगानका संगीतकार गुरुङको शवयात्रा ग्रान्डी अस्पतालबाट बौद्ध परम्परा अनुसार सुरु भएको छ ।
गुरुङको शवलाई बौद्ध लामाहरुले विधिवत पूजापाठ गरेपछि धापास्थित ग्रान्डी अस्पतालबाट निकालिएको हो । त्यहाँबाट महाराजगञ्ज हुँदै कमलादीस्थित प्रज्ञा प्रतिष्ठान परिसरमा पुर्याएपछि दिउँसो ३ बजे नेपाली सेनाको गाडीमा राखेर पशुपति आर्यघाट लगिने जानकारी उहाको परिवारले दिएको छ ।
पशुपति आर्यघाटमा गुरुङको अन्त्येष्टि हिन्दु परम्परा अनुसार जलाएर गरिने तयारी परिवारले गरेको छ ।
Post a Comment