वासु आचार्य
(मनोविश्लेषक)
दिन प्रतिदिन निराश रहने तथा कुनै काममा मन नलाग्ने अवस्थालाई अवसाद वा डिप्रेसन भनिन्छ । घर, परिवार, कामकाज, सुख, आराम तथा वैभव सवै व्यर्थ लाग्न थाल्छ तथा जीवन अत्यन्तै वोझ भएको महसुुस हुन थाल्छ ।
डिप्रेसनलाई दुई प्रकारमा विभाजन गरिएको छ ।
१. रिएक्टिभेट डिप्रेसन
रिएक्टिभ डिप्रेसन कुनै घटनाको परिणाम हुन आउँछ । प्रिय व्यक्तिको मरण, माया प्रेममा असफलता तथा धोखा, जीवनको असफलता, आर्थिक हानी आदिको कारण रिएक्टिभ डिप्रेशनको सिकार बनिन्छ ।
रिएक्टिभ डिप्रेसन कुनै घटनाको परिणाम हुन आउँछ । प्रिय व्यक्तिको मरण, माया प्रेममा असफलता तथा धोखा, जीवनको असफलता, आर्थिक हानी आदिको कारण रिएक्टिभ डिप्रेशनको सिकार बनिन्छ ।
२. एन्डोजिनस डिप्रेसन
एन्डोजिनस डिप्रेसन व्यक्तिको भित्रैबाटै कुनै रोगको कारण उत्पन्न हुन्छ । भाईरल ईन्फेक्सन तथा हर्माेनमा परिर्वतनका कारण यो डिप्रेसन भएको पाइएको छ । औषधिको अत्याधिक सेवन, थाईराईड ग्रन्थिले ठिकसँग काम नगर्नाले, मधुमेह रोगका कारण, अधिक डाइटिङ गर्नाले पनि एन्डोजिनस डिप्रेसन हुने गर्दछ ।

डिप्रेशन रोगमा मुख्यतः शारीरिक तथा मानसिक शक्ति कमजोर हुँदै जाने, निन्द्रा नलाग्ने, भोक नलाग्ने, कब्जियत हुने, टाउको दुख्ने, रिस उठ्ने हुन्छ । एकान्तमा बस्ने प्रवृत्ति, आफैँलाई घृणा गर्ने, कुनै काममा मन नलाग्ने, मनमा असुभ विचारहरु मात्र आउने, शरीर दुख्ने, विना काम थकान हुने, यौन सम्पर्कमा अरुची हुने, काम इच्छा लगभग समाप्त हुने, हतास देखिने, वर्तमान समय देखि असन्तोष भएर जीवनलाई नै नर्कसँग तुलना गर्न थाल्नु यो रोगका लक्षणहरु हुन् ।
यो रोग Psychotherapy (साइकोथेरापी) चिकित्साद्वारा शतप्रतिशत निर्मुल पार्न सकिन्छ । यदि डिप्रेसनको कुनै प्रत्यक्ष कारण छ भने त्यसलाई सर्वप्रथम समाधान गर्नु पर्दछ । यदि डिप्रेसन रिएक्टिभ हो भने रोगीको दुःखको कारण पत्ता लगाउने, त्यसको इतिहास खोतल्ने र मुख्य कारण पत्ता लागेपछि समस्याको गहिराइमा पुरयाएर उसको उक्त दुखद घटना अचेतन मनबाट नै निकालेर फालिदिने गरिन्छ र त्यसपछि रोगीले उक्त घटना पूर्णरुपमा भुल्दछ वा त्यो घटनाबाट उत्पन्न समस्याको समाधान भएको महसुस गर्ने छ र आनन्द, आराम र खुसी भएको पाउने छ । त्यसपछिको उक्त रोगीको सोचमा अद्भुत परिर्वतन देख्न सकिन्छ ।
depression रोग निको बनाउनको लागि विश्व स्वास्थ्य संगठन ले संसार भरि फैलाउन हरेक रास्ट्र लाई प्रोत्साहन गरिरहेको Psychotherapy हरु निम्न प्रकारका छन् ..
- Psychoanalysis (मानोबिस्लेसण चिकित्सा)
- Unconscious Therapy (अचेतन चिकित्सा )
- Cognitive behavioral therapy, CBT (संज्ञानात्मक व्यवहारपरक चिकित्सा)
- Exposure & Response Prevention Therapy (बेचैनी गर्ने चिजबाट परीचित भएर रोगी ले देखाउने प्रतिकृया रोक्ने थेरापी)
- Negative to positive therapy (नकारात्मक बाट सकारात्मक चिकित्सा )
- Hypnotherapy (सम्मोहन चिकित्सा )
- catharsis (बिरेचन)
- Eye Movement Desensitization and Reprocessing therapy (आँखाको गति असंवेदीकरण तथा पुनर्संसाधन चिकित्सा
- Counseling / Motivation (परामर्स) पद्धतिहरु प्रयोग गर्नुपर्ने हुन्छ ...

यसमा परिवारको साथ, सहयोग, माया, स्नेहा, सद्भाब पनि दिनु पर्दछ ...
अलि धेरै नै जटिल समस्या हुनेहरुले Psychiatrist को सल्लाह अनुसार औसधी सेवन गरेर साइकोथेरापी सुरु गर्दा पनि राम्रो हुन्छ....
Post a Comment