Websoft University

इटहरीमा चारतारे होटल सञ्चालनमा आउने


बिराटनगर,भदोै २८ गते । सुनसरीको इटहरीमा ६५ करोडको लगानीमा सुविधासम्पन्न चारतारे होटल सञ्चालनमा आउने भएको छ । उक्त होटल इटहरी–१ का बलराम आचार्य र इटहरी–४ का भीम पौडेलको साझेदारीमा सञ्चालनमा आउन लागेको हो ।

नेपाल बैङ्क र एनआईडीसी डेभलपमेण्ट बैङ्कको संयुक्त लगानीरहेको उक्त होटल इटहरी–धरान राजमार्गको पीपल चोकमा निर्माणाधीन अवस्थामा छ । १ विगाह जमिनमा बन्दै गरेको उक्त होटल २०७४ साल असोजबाट गरिमा होटलका नामले सञ्चालनमा आउने सञ्चालकले जानकारी दिएका छन् । डबल बेड रहने ९० कोठाको उक्त होटल पूर्वमा अहिलेसम्मकै ठूलो तारेहोटल बन्ने सञ्चालकको दाबी छ ।

उक्त होटल पूर्वी क्षेत्रमा घुम्न आउने दक्षिण एशिया, भारत र आन्तरिक पर्यटकसमेतलाई सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक पौडेलले बताए । ‘यो होटल पूर्वको सबैभन्दा ठूलो हुनेछ’, उनले भने, ‘यहाँ सर्वसाधारणदेखि उच्च तहका पाहुनासमेतलाई सेवा दिइनेछ ।’ जसका लागि होटलमा एक सुविधा सम्पन्न भान्साघर एक रूफटप गार्डेन एण्ड रेष्टुरेण्ट र राजमार्गको रोडसँगै एक क्याफे एण्ड रेष्टुरेण्ट सञ्चालनमा ल्याइने उनले बताए ।

१ सय ८० जना पाहुनालाई सेवा दिन सक्ने क्षमता भएको उक्त होटलमा योगा, जीमलगायत विभिन्न इण्डोर खेलसहितको एक हेल्थ क्लब र ७ देखि १ सय ५० क्षमताका पाँचओटा  सभाहल रहने अर्का सञ्चालक आचार्यले बताए । अण्डरग्राउण्ड, ग्राउण्ड फ्लोर र रूफटपसहित आठतले उक्त होटलमा ७ र १५ जना क्षमताका दुईओटा सभाहल, ३० र ५० जना क्षमताका दुईओटा कन्फरेन्स रूम र १ सय ५० क्षमताको एक सेमिनार हल रहने उनले बताए ।

१ सयभन्दा बढीले रोजगार पाउने उक्त होटलबाट वार्षिक ५० हजार पाहुनालाई सेवा दिने लक्ष्य रहेको सञ्चालकद्वयले बताए । होटल एशोसिएशन इटहरीको तथ्याङ्कअनुसार हाल इटहरीक्षेत्रमा ४ सय ५० सानाठूला होटलहरू रहेको अध्यक्ष अनुरोध श्रेष्ठले जानकारी दिए । आथिंक अभियान 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.