Websoft University

विभत्स हत्यामा संलग्न तीन पक्राउ



विराटनगर, भदौ २२ गते । विराटनगर १३ तिनटोलिया मा एक व्यक्तिको विभत्स हत्यामा संलग्न तीन अभियुक्तहरुलाई आज मोरंग प्रहरीले सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकाहरुमा सिरहा पिपरा घरभई हाल विराटनगर १३ बस्ने वर्ष २२ को राकेश कुमार यादव, सिरहा सोठिआइन ५ बस्ने वर्ष १७ को कृष्ण कुमार यादव र सप्तरी, महुवा ९ दुधैला बस्ने १७ वर्षीय जितेन्द्र कुमार साह रहेका छन् ।
अभियुक्तहरुलाई विराटनगर २० को नेपाल भारत दरैया क्षेत्रबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरिक्षक सन्दीप भण्डारीले बताउनु भयो । घटनास्थलबाट कटुवा पेस्तोल थान १ , धारीलो हतियार कट्टी थान १, मोवाइल फोन ८ थान , रगत लागेको कपडा र विभिन्न कागजातहरु बरामद गरिएको छ । अपराधीलाई भगाउन र अपराध लुकाउन सहयोग गर्नेहरुलाई पनि पहिचान गरी पक्राउ गर्ने क्रम जारी रहेको एसपी सन्दीप भण्डारीले पत्रकारहरुलाई जानकारी गराउनु भयो ।

गत सोमबार राति तीनटोलियामा अक्सफोर्ड होम नामको होस्टल सन्चालन गरी बस्ने १९ वर्षीय विनोद यादवको विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरको भुइ तलाको कोठामा टाउको र खुट्टा काटी टुक्रा पारी बोरा भित्र र शरीरको भाग डसनामा पोको पारी राखिएको अवस्थामा प्रहरले फेला परेको थियो
 घटनाको प्रकृति हेर्दा र घटनास्थलबाट कटुवा बन्दूक पनि बरामद भएको हुनाले घटनालाई क्षणिक आवेगमा भन्दा पनि नियोजित तरिकाले गरिएको देखिएको छ । अभियुक्तहरुले विनोद यादवसँगको मेलजोल बढाउनु र मृतकलाई खानपिनका निम्ती ऊ बसेको होस्टलबाट अभियुक्त राकेश कुमार यादवले आप्mनो कोठामा लानु र अन्य तीन जना सँग मिलि मादक पदार्थ सेवन गर्नुले पनि हत्याको तानाबाना निकै पहिले बुनिएको कुरालाई नकार्न नसकिने प्रहरीले जनाएको छ ।


अभियुक्तहरु पक्राउ परेतापनि अहिलेसम्म पनि किन र के कारणले विनोद यादवको हत्या भयो भन्ने कुरा खुलाउन नसक्नुले प्रहरीको भुमिकामाथि पनि प्रश्नचिन्ह उब्जाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई के कति कारणले नियोजित हत्या भएको हो भन्ने जानकारी यथासिघ्र सार्वजनिक गर्न सर्वसाधारणले माग गरेकाछन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले यस्तो क्रुर हत्या यस अघि कहिले नदेखेको बताएका छन् ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.