Websoft University

कल्याणकारी मावि सिंहदेवीले नृत्य र चित्रकला प्रतियोगिता गरि मनायो११औं बालदिवस



बिराटनगर, भदोै २९ गते । युवराज ठकुरी सिंहदेबी मोरंङ-सधैंझै  यस वर्ष पनि उत्तरी मोरङ सिंहदेवीमा अवस्थित कल्याणकारी माविले विभिन्न कार्यक्रम गरि भव्यताका साथ ११औं बालदिवस मनाएको छ।

कल्याणकारी माविमा कक्षा दसमा अध्ययनरत छात्राहरु रबिना ठकुरी र सविना ठकुरीको संचालन र विद्यालयका प्रधानाध्यापक बसन्तकुमार ठकुरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रेस सेन्टर नेपाल,मोरङ जिल्ला सचिब किशन शाहीको प्रमुख आतिथ्य र विशेष अतिथि विव्यस अध्यक्ष खड्गबहादुर ठकुरी र अतिथिहरु भुपु प्रअ कृष्णराज खाण ठकुरी   शिक्षक अभिभावक संघका अध्यक्ष गजरबहादुर लिम्बु ,गाविस प्रतिनिधि रन्जित बुढाथोकी,स्वास्थ्य चौकी इन्चार्ज चन्द्रबहादुर खत्री ,बालकल्याण मञ्चका अध्यक्ष डब्लुबिक्रम खाण ठकुरी लगायत सिंहदेवी भित्र रहेका विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरु रहेका थिए।

उक्त कार्यक्रममा स्वागत मन्तव्य कक्षा ९कि छात्रा सृष्टि राईद्वारा गरिएको थियो भने शुभकामना मन्तव्य शिक्षक हेमबहादुर ठकुरी,छबिरमण पौडेल,गाविसका प्रतिनिधि रन्जित बुढाथोकी,युवराज ठकुरी, लक्ष्मी मैयाँ शाही,कुमारी खड्का, कृष्णराज खाण ठकुरी,  खड्गबहादुर ठकुरी र किशन शाहीले राख्नु भएको थियो।

नृत्य र चित्रकला प्रतियोगितामा सिंहदेवीमा रहेका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो। नृत्य प्रतियोगितामा कल्याणकारी माविकी छात्रा स्मृति ठकुरी,रबिना ठकुरी, फुलमाया ठकुरी, सरस्वती निमाविकि छात्रा चन्द्रमाया मगर,  लक्ष्मी प्राविकी छात्रा जेनिशा ठकुरी, जलकन्या प्राविकि छात्रा सविना राई,मितेरी युवाक्लबकी दिपा लिम्बू,लक्ष्मी प्राविकी छात्रा बिनिता लिम्बू,बालकल्याण मन्चकी जेनिशा मल्ल,जेनिशा राई,उदाईरहेको युवा क्लबकी प्रेमा लिम्बू,  फुलमाया ठकुरी सहभागिता जनाएका थिए।

 सहभागीहरु मध्ये बालकल्याण मन्चकी जेनिशा मल्ल सान्त्वना ,उदाईरहेका युवा क्लबकी प्रेमा लिम्बू तेस्रो,लक्ष्मी प्राविकी छात्रा जेनिशा ठकुरी दोस्रो र कल्याणकारी माविकी छात्रा स्मृति ठकुरीले प्रथम स्थान प्राप्त गरेका थिए।

त्यसै गरि चित्रकला प्रतियोगिता तर्फ कल्याणकारी माविकी छात्रा निलिमा लिम्बू तेस्रो,लक्ष्मी प्राविकी छात्रा कन्चना ठकुरी र लक्ष्मी प्राविका छात्र प्रीतम शाहीले प्रथम स्थान ल्याएका थिए।पुरस्कृत सहभागीहरुलाई आयोजकका तर्फबाट आकर्षक पुरस्कार तथा कप वितरण गरिएको आयोजक कमिटीका शिक्षक राजेश लिम्बुले बताउनु भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.