Websoft University

मेलामस अपेक्षा भन्दा बढीको अवलोकन भयो


भदौ २७, गते । काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सञ्चालित ‘सुबिसु क्यान कमटेक २०१६ इन एशोसिएशन विथ सामसुङ’ प्रदर्शनी आइतवार सम्पन्न भयो । मेलाको १ लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिए पनि अपेक्षा गरिएभन्दा धेरै अवलोकनकर्ताको उपस्थिति रहेको ओयाजकले बताएको छ । मेलाको एक लाख ७० हजार ७ सय ७६ जनाले अवलोकन गरेको आयोजकले बताएका 
छन् । कम्युनिकेशन टेक्नोलोजीलाई विशेष प्राथमिकता राखेर आयोजित मेलामा इण्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेशन्स, इलेक्ट्रोनिक्स सेक्युरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेण्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्ष्टिच्युट्स, पेमेण्ट सोलुसन्सलगायत गरी १ सयओटा स्टल रहेका थिए ।क्यान कमटेकको यस संस्करणको सुबिसु केबलनेट प्रालिले शीर्ष प्रायोजन गरेको थियो भने एशोसिएट स्पोन्सरका रूपमा सामसुङ रहेको थियो । त्यस्तै, प्लाटिनम स्पोन्सर वेभसर्फर, डायमण्ड स्पोन्सर नेपाल टेलिकम, गोल्ड स्पोन्सर जेटटीई स्मार्ट फोन, सिल्भर स्पोन्सरहरू नेटिस र स्टार अफिस इण्टरनेशनल रहेका थिए भने प्रिन्ट स्पोन्सरमा स्प्यारो एसएमएस रहेको थियो ।
कमटेकको यस संस्करणका लागि सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणीकरण नियन्त्रकको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, इण्टरनेट सेवाप्रदायक सङ्घजस्ता राष्ट्रिय तथा एएसओसीआईओ र डब्ल्यूआईटीएसएजस्ता अन्तरराष्ट्रिय संस्थाले सहयोग पुर्‍याएका थिए ।
मेलामार्फत नेपाली बजारमा थुप्रैनयाँ प्रविधि भित्रिएकाछन्। इण्टरनेट सेवाप्रदायक कम्पनीले कमटेकमार्फत नेपाली बजारमा आईपी टिभी सार्वजनिक गरेको छ भने स्मार्टफोन, ल्यापटप, ट्याबलेट, एण्टिभाइरस र इण्टरनेट सेक्युरिटी, प्रोजेक्टर, भिक्लाउड प्वाइण्ट, क्यामेरा, पीबीएक्स सिष्टम, वायरलेस हाई पावर यूएसबी, एडप्टर तथा राउटर, यूपीएस, जीपीएस भेहिकल ट्र्याकिङ सिष्टम, प्रिण्टर, फोटोकपी मेशिन, स्क्यानरलगायतका नयाँनयाँ भर्सनहरू नेपाली बजारमा प्रवेश गरेका छन् । यी उत्पादन कमटेक मेलामा विशेष सहुलियत दरमा उपलब्ध थिए ।
कैलाली र मकवानपुरमा पनि क्यान इन्फोटेक हुँदै
यसैबीच, ग्रामीणस्तरसम्म सूचना प्रविधिको विकास र विस्तारका लागि क्यान महासङ्घले बाहिरी जिल्लाहरूमा पनि यस्ता मेलाको आयोजना गर्ने भएको छ । महासङ्घले असोज १४ देखि १८ गतेसम्म क्यान महासङ्घ जिल्ला शाखा कैलालीमा र असोज १० देखि १९ गतेसम्म क्यान महासङ्घ जिल्ला शाखा मकवानपुरमा इन्फो टेक २०१६ मेलाको आयोजना हुन लागेको महासङ्घका महासचिव विश्वराम बलामीले जानकारी दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.