Websoft University

केराबारी ,सुकुना स्रोत केन्द्र स्तरीय राहत शिक्षक समितिको भेला सम्पन्न


युवराज ठकुरी/केराबारी-मोरंङ, असोज ३ गते।
मोरङ जिल्ला शिक्षा कार्यालय अन्तर्गत केराबारी स्रोत केन्द्र
र सुकुना स्रोत केन्द्र स्तरीय  भेला आज केराबारीमा सम्पन्न भएको छ।

मच्छिन्द्र सामुदायिक सस्थाको सभाहलमा भएको उक्त भेला केराबारी स्रोत केन्द्र अध्यक्ष  नवीन थापा क्षेत्रीको सभापतित्व र सचिब पृथ्वीनारायण कट्टेलको सन्चालनमा भएको थियो।
राहत शिक्षकलाई पनि स्थायी शिक्षक सरह तलब भत्ता,पोषाक भत्ता प्रदान गरिनु पर्ने र आन्तरिक प्रतिश्प्रर्धाद्वारा स्थायी गरिनुपर्ने भन्दै गरिएको केन्द्रीय कमिटिको गतिविधिका बारेमा जानकारी र पुनः  आन्दोलनको तयारीमा रहनका लागि भेलाको आयोजना गरिएको हो।

भेलामा प्रमुख अतिथि राहत शिक्षक केन्द्रीय समिति सहअध्यक्ष हेमचन्द्र भण्डारी अतिथिहरु केन्द्रिय सदस्य अर्चना ढुङ्गेल,पुर्वान्चल अध्यक्ष गुरुप्रसाद अधिकारी,जिल्ला अध्यक्ष अनिल चौधरी,सचिब परमानन्द यादव,वरिष्ठ उपाध्यक्ष सुर्य भण्डारी लगायत केराबारी स्रोत केन्द्र र सुकुना स्रोत केन्द्र भरिका ४०/४५ उपस्थिति रहेको थियो।

 उपस्थित सबैले राहत शिक्षकहरुलाई स्थायी शिक्षक सरह सेवा सुविधा नदिए,शिक्षा ऎनमा उचित ढ्ङ्गबाट सम्बोधन नगरे जस्तोसुकै आन्दोलन गर्ने प्रतिबद्धता जनाएका थिए।

 उक्त भेलामा स्वागत मन्तव्य केराबारी स्रोत केन्द्र सहसचिब यमबहादुर ठकुरीले गरेका थिए भने प्रतिवेदन प्रस्तुत अध्यक्ष नवीन थापा क्षेत्रीद्वारा गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.