Websoft University

परराष्ट्र मन्त्रालयले विज्ञप्तिनै जारी गरो


काठमाडौं-स्वदेशी तथा विदेशी विभिन्न सञ्चार माध्यमले चीनका राष्ट्रपतिले नेपाल भ्रमण नगर्ने भनी दिएको
समाचारमा सत्यता नभएको सरकारले प्रस्ट पारेको छ। परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी भइरहेको समेत स्पष्ट पारेको छ।
'स्वदेशी तथा विदेशी विभिन्न सञ्चार माध्यममा परराष्ट्र सचिव तथा नेपाल सरकारका उच्च अधिकारीलाई छिमेकी मित्रराष्ट्र चीनबाट हुने उच्चस्तरीय भ्रमण स्थगित भएको जानकारी चिनियाँ राजदूतले दिनुभएको भनी प्रकाशित समाचार सत्य नभएको व्यहोरा स्पष्ट पारिएको छ,' विज्ञप्तिमा उल्लेख छ, 'यस सम्बन्धमा नेपाल सरकारले आवश्यक तयारी नगरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा पनि प्रस्ट पारिन्छ।'
चिनियाँ राष्ट्रपति सी जिनपिङले असोज अन्तिम साता नेपाल भ्रमण गर्ने गरी दुवैतर्फबाट तयारी भइरहेको छ। सीले भारतमा हुने ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने क्रममा नेपाल भ्रमण गर्ने तयारी छ।
२०७३/०५/२३,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.