Websoft University

पोखरियामा सास्कृतिक कार्यक्रम सम्पन्न



भदौ २९ विराटनगर रोशन पोखरेल-
वाल दिवशको अवसरमा विराटनगर ४ मा अवस्थित पोखरिया उच्च माविले आज बालबालिकामा अन्तरनिहित प्रतिभालाई उजागर गर्नको लागी सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

 सो कार्यक्रममा लोक गित, लोक नृत्य र प्रहशनको प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भटटराइले जानकारी दिनुभयो । विद्यार्थीमा रहेको प्रतिभालाई सम्मान गदै  आगामी समयमा बाल प्रतिभालाई उच्च कदर गर्नेको लागी जिल्ला शिक्षा कार्यलय सदैव प्रयासरत रहेको मोरडका प्रमुख जिल्ला शिक्षा अधिकारी फडिन्द्र खत्रिले कार्यक्रमलाई सम्बोधन गर्ने शिलशिलामा भन्नुभयो ।

साथै विराटनगर उपमहानगरपालिका सामाजिक परिचालक डिल्लीप्रसाद धिमालले यसरी गरिने कार्यक्रमले बालबालिकाको अधिकार र दायित्वलाई बुझ्न र बाल मैत्री शिक्षा हासिल गर्न सहयोग पुग्ने विश्वास गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट हुने विदयार्थीलाई सोहि कार्यक्रममा सम्मानित गरिने विद्यालयका प्रधानाध्यक खेमराज भटटराईले जानकारी दिनुभयो । विद्यालयको प्रांगणमा कार्यक्रम जारी रहेको प्रधानाध्यापक भट्टराइले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.