आफ्नै बस्ती भत्काउने अबिबेकी हुलहरु।
माली सगै त्रसित छ्न बगैचाका फुलहरु।
पराईले आगन खोस्दा पनि मौन बसेपछि,
एकपछि अर्को गरे नेपालीले भुलहरु।
सपनाहरु सजाएर युवावय बिदेसिदा,
तृस्णित भइ सुकिसक्यो बिकासका मुलहरु।
थिचिएका,मिचिएका मुक्ति पाउने आसमा छन् ,
निर्दयी हुलले अझ बिछ्याउछ्न शुलहरु।
निराश भइ हाल्नु हुन्न आशाको बाटो खनौ,
अधिकार प्राप्ति सगै जोडिन्छ कि पुलहरु।
युवराज ठकुरी "अज्ञानी"
सिंहदेवी ७,मोरङ
२०७३/०५/२२ गते।
Post a Comment