Websoft University

सरकार संविधानले स्थापित गरेको मान्यता विपरित


विराटनगर भदोै २४ गते ।
पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकारको काम कारवाही चित्त बुझ्दो नभएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकार संविधानले स्थापित गरेको मान्यता विपरित चल्न खोजेको आरोप लगाउनु भएको हो । साथै सरकारमा सहभागि दलले विधिको शासनलाई आत्मासाथ नगरेको आरोप लगाउनभयो ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेम्वाङले अघिल्ला सरकारले गरेको निर्माणहरु एक पछि अर्को गर्दै उल्टाउने प्रयास गरेको आरोप लगाउनु भएकोछ । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले सबै काम संविधान र कानूनले स्थापित मान्यता विपरित गएकोले अहिलेको सरकारले के गर्न खोजेको हो ? उहाँको प्रति प्रश्न थियो ।
उहाँले हिजो प्रचण्डले गरेको सम्बोधन प्रति असन्तुष्ट ब्यक्त गर्दै कुन संविधानलाई टेकेर नयाँ कार्यक्रम आएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको व्यावहार र काम गराईको बारेमा आफु अनविज्ञ रहेको बताउनुभयो
उहाँले  मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्ने बहानामा देश र जनताको हित विपरित संविधान संशोधान कार्य भए आफूहरुलाई मान्य नहुने चेतावनी दिनुभयो । राष्टको गौरव र अस्तित्वलाई संकटमा नपार्न माओवादी नेतृत्वलाई सुझाव दिनुभयो ।
मधेसी मोर्चाले उठाएको मागलाई छलफल र सम्बादबाट सावधान गर्न सकिने भन्दै  नेम्वाङले  ‘आवश्यता अनुरुप देश र जनताको हितमा संविधान संशोधान गर्नु पर्छ तर यसमा सबै दलको सहमति आवश्यक छ रहेको उहाँले बताउनुभयो  ।  सरकारले संविधान संशोधानको प्रस्ताव लाने भन्ने कुरा सुनेको तर प्रतिपक्षमा रहेको एमालेलाई समेत यसबारेमा जानकारी नदिएको बताउनुभयो । आपसी रुपमा सरकारले आफुखुशी कुरा गर्नुभन्दा पनि प्रतिप्रछि दलको सुझावलाई आत्मसाथ गरेर नेपाली जनताको हित र राष्टिय सम्मानबाट अगाडि बढेको खण्डमा सरकार ले आफनो दायित्व पुरा हुने उहाँले बताउनुभयो।
२०७३/०५/२४,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.