Websoft University

जेफालेको फेदीमा


बिराटनगर, भदोै ३० गते ।

कति राम्रो बिहिबारे बजार जेफालेको फेदीमा ।
पर्यटनको सिङ्गो आधार जेफालेको फेदीमा ।

गाउँ घरको कोदो मकै साग सिस्नु सबै कुरा,
पाइन्छ है धेरै प्रकार जेफालेको फेदीमा ।

आउनुहोस सिंहदेवी दृश्य हेर्न पुर्वान्चलको,
पाउनुहुनेछ स्वागत सत्कार जेफालेको फेदीमा ।

बनावटी होइन हजुर प्राकृतिक सौन्दर्य छ,
भेटिनेछ सुन्दर संसार जेफालेको फेदीमा ।

            =गजल=
 युवराज ठकुरी "अज्ञानी"
                  सिंहदेवी ७,मोरङ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.