Websoft University

बेमौसमी काउली खेती गर्नेे तरिका बुझिराखोै।


बिराटनगर, भदोै २८ गते । श्याम कृष्ण पन्त कृषि विशेषज्ञ पन्त सिड्स प्रा.लि , सितापाईला काउली क्रूसिफेरी परिवारमा पर्ने एउटा तरकारी बाली हो । यसको प्रमूख वानस्पतीक जात ब्रासीका ओलेरेसीया बोट्राईटीजलाई खेती योग्य मानिएकोछ । हावापानीः काउलीको बनस्पतिक बृद्धि हनु ७.२ डि.से. देखि २३.८ डि.से. सम्म हुन्छ तर पनि उचित तापक्रम १५.५देखि १८.३ डि.से. मानिएको छ ।
 
काउलीको जात हेरी कसैलाई फुल फुल्नू भन्दा अगाडी ७—८ डि.से.को तापक्रमको आवश्यकता पर्दछ भने हरूजातको लागि चिसो तापक्रमको आवश्यकता पर्देन । काउलीको अगौटे जातहरूलाई ज्यादा चिसो भयो भने काउलीको फुल ज्यादै सानो फुल हुन्छ भने कुनै जातलाई ज्यादा गर्मी भएमा काउलीको फुल खुकूलो हुनूको साथै पातै पात भएको हनु सक्दछ ।
 
पोषण र तापक्रम मिलेमा काउलीकोखेती बेमौसममा पनि गर्नसकिन्छ । अगौटे जातलाई वनस्पतिक विकासहनु बढि तापक्रम चाहिन्छ ९२० २६ डि.से..) र विकास भैसकेपछि त्यसमा फल लाग्न सुरु हुन्छ । यस्तो किसीमको काउलीलाई जाडो समयमा रोप्दा वनस्पतिक विकास हनु नपाई पहिले नै न्युन तापक्रमले गर्दा गुच्चा जत्रो मात्र फुल लाग्ने गर्दछ । छाटो समयमै काउली तयार हुने हुदाँ अगौटे काउलीलाई ३ महिने काउली पनि भनिन्छ । त्यस्तै मध्य मौसमी जातलाई ९१५२० डि.से.) र स्नोवल जस्तो जातलाई ९ १०१५ डि.से..) तापक्रमको आवस्यकता पर्दछ ।
 
कम तापक्रम चाहिने मध्य मौसमी जातहरूलाई गर्र्मी मौसममा लगाइयो भने पातै पात मात्र लाग्ने र तापक्रम घटेपछि फुल आउँछ । पछौटे जात भने जाडो मौसममा विकास भै केहि तापक्रम वढेपछि फुल लाग्ने भएकोले यो ढिलो लगाए पनि गर्मी याममा तयारी गर्न सकिन्छ ।
 
माटोः मल भएको मलिलो दोमट किसिमको माटो राम्रो मानिन्छ । पानीको निकास राम्रो सँग हुने र पानी राम्रो सँग अड्याउन सक्ने किसिमको माटो काउली खेतीका लागि राम्रो हुन्छ । माटोको अम्लीयपना भने ५.५ सम्म हुनु पर्दछ । बर्षाको मौसममा काउलीमा मूख्यत ओइलाउने, जराफेद तथा गाठो कुहीने, फूल कुहीने आदिले निकै सताउँदछ । अतः बेर्ना सार्नु अगाडी माटोलाई राम्रोसँग खनजोत गर्नु पर्दछ । यदि हलुका बलौटे किसिमको माटोमा यसको खेती गर्ने हो भने प्रशस्त मात्रामा कम्पोष्ट वा गोबर मलको प्रयोग गर्नु पर्दछ ।
 
माटोको तयारीः काउली खेती गर्ने जग्गामा पानी निकासाको व्यवस्था धेरै राम्रो बनाउनु पर्दछ । धेरै चिसो र हिलो जग्गामा यसको खेती राम्रो हुदैनँ । माटोलाई ३ ४ पटक राम्रो संग खनी माटो बुरबुराउदो बनाउनु पर्दछ । पानीको निकासको लागि जमीन समथर छैन भने जमीन समथर बनाउनु पर्दछ ।
 
खेती गर्ने समयः बेमौसमी खेती भन्नाले मौसम भन्दा अधि वा पछी भन्ने बुझिन्छ । काउलीको जात अनुसार बेर्ना सार्ने समय फरक हुन्छ ।
 कृषि बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.