Websoft University

सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुँदै


 युवराज ठकुरी/सिंहदेवी,मोरङ-भदोै २६ गते ।
 उत्तरी मोरङ सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुन थालेका छन् ।

सानाकिसान कृषि सहकारी स्थापना भए सगै सिंहदेवीका कृषकहरु यस तर्फ आकर्षित भएका हुन् ।सिंहदेवीमा  सहकारी सस्थाहरु महाभारत,लेचाङ्गो, सुनधारा कृषि,र जेफाले महिला सहकारी सस्थाहरु सन्चालनमा रहेका छन् ।

यी सस्थाहरुले यहाँका जनताहरुलाई लाभ पुर्याइरहे पनि
एकै खालका उद्देश्य बोकेका सहकारी धेरै  भएकाले विशुद्ध कृषकहरुको स्तरोन्नति गर्नका लागि सानाकिसान कृषि सहकारी आवश्यक भएकाले यसको स्थापना गरिएको अध्यक्ष डब्लुबिक्रम खाण ठकुरीले बताए।

स्थापनाको छोटो अवधिमै यस सस्थामा आबद्ध हुने सेयर सदस्यहरुवृद्धि हुनु र सिंहदेवीका कृषकहरु र यहाँबाट बिदेसिएका युवाहरुले पनि चासो व्यक्त गर्दै आवद्ध हुन थालेको अध्यक्ष बताउछन्।

सिंहदेवीमै स्थापित अर्को सहकारी सस्था लेचाङ्गो बचत तथा ऋण सहकारी सस्था पनि सानाकिसान कृषि सहकारीमा एकीकरण हुने भएको यस सस्थाका सचिब राजेश लिम्बुले बताउनुभयो।साना किसान कृषि सहकारीले कृषकहरुलाई सरल कर्जा र सहुलियत ऋण उपलब्ध गराउने भएकाले पनि कृषकहरु यस तर्फ आकर्षित भएका हुन।
२०७३/०५/२६,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.