Websoft University

बालकल्याण मन्च सिंहदेवीले विभिन्न व्यक्तित्वलाई गर्यो सम्मान


भदोै १ गते । युवराज ठकुरी/सिंहदेवी,मोरङ-
उत्तरी मोरङ सिंहदेवीमा रहेको बालकल्याण मन्चले बालदिवसको अवसरमा आयोजित कार्यक्रमका विच विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको मन्चले पत्रकारिता क्षेत्रमा लागेर ग्रामीण भेगको प्रचारप्रसार योगदान पुर्याएको भन्दै प्रेस सेन्टर नेपाल,जिल्ला सचिव किशन शाही, सिंहदेवीको शैक्षिक उन्न्ययनमा भुमिका खेलेको र एमएड उत्तीर्ण गरेको भन्दै कल्याणकारी माविका प्रअ बसन्तकुमार खाण ठकुरी,शिक्षक राजनारायण साह,पन्चकन्या प्राविका प्रअ यमबहादुर ठकुरी,विव्यस अध्यक्ष खड्गबहादुर ठकुरी,शिक्षक अभिभावक सघ अध्यक्ष गजरबहादुर लिम्बू,गाविस प्रतिनिधि रन्जित बुढाथोकी,भुपु प्रअ कृष्णराज खाण ठकुरी सम्मानित भएका हुन् । शिक्षक आयोग उतीर्ण गरि कल्याणकारी माविमा आएका शिक्षकहरु छबिरमण पौडेल र मदन राईलाई पनि स्वागत तथा सम्मान गरेको छ।
   
एसएलसी उत्कृष्ट खबिराज लिम्बू,गायनमा उत्कृष्ट डीकलाल लिम्बु,नृत्यमा उत्कृष्ट लक्ष्मी प्राविकी छात्रा जेनिशा ठकुरी,जलकन्या प्राविकी छात्रा सविना राई,मितेरी युवा क्लबका युगल लिम्बू,र हरि मगराती अङ्ग्रेजी भाषणमा सृष्टि राईलाई पनि मन्चले पुरस्कृत गरेको सस्थाका सचिव नरकुमार ठकुरीले बताउनु भयो।

विगत वर्षहरुमा झैँ यस वर्ष पनि कल्याणकारी माविको आयोजना र बालकल्याण मन्च,प्रयास युवा क्लब र कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपाल, मोरङ जिल्ला सचिव किशन शाहीको प्रायोजन उक्त कार्यक्रम सम्पन्न भएको बालकल्याण मन्चका अध्यक्ष डब्लुबिक्रम खाण ठकुरीले बताउनु भयो।
२०७३/०६/१,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.