Websoft University

राजिनामा गरेर राजनीतिमा आउन शिक्षकहरूलाइ मन्त्रीको आग्रह



भदौ २६,  गते । धनकुटामा बोल्दै शिक्षा राज्यमन्त्री धनमाया विकले पेशाबाट राजिनामा गरेर शिक्षकहरुलाई राजनीति गर्न आग्रह गरेकी छिन् । धनकुटामा शनिवार आयोजित एक पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

शिक्षा पेशामै रहेर कुनै शिक्षकले राजनीति गर्दा विद्यार्थीहरुको भविष्य खतरामा पर्ने भन्दै राज्यमन्त्री विकले यस्तो आग्रह गरेकी हुन् ।

‘शिक्षकले राजनीति गर्दा विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सक्दैनन्’ उनले भनिन्, ‘त्यसैले शिक्षकको कार्यक्षेत्र कक्षाकोठा हो, राजनीति होइन ।’ यस विषयमा सरकारले प्रभावकारी अनुगमन समेत गर्ने उनले बताइन् ।

पत्रकार सम्मेलनमा राज्यमन्त्री विकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेकोले यसको गुणस्तर उकास्न नयाँ नीति कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिइन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.