Websoft University

प्रधानमन्त्रीलाइ नेपाल मजदुर किसान पाटीको सुझाव?


 भक्तपुर, भदौ ३० गते । नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका समयमा नेपालको हित विपरीत सन्धि सम्झौता नगर्न आग्रह गरेको छ ।

 नेपाल मजदुर किसान पाटीको केन्द्रीय समितिको बैठकले नेपाल–भारत खुला सीमा नियमित गरी हराएका एक हजार एक सयभन्दा बढी सीमा स्तम्भ यथास्थानमा कायम गर्नुपर्नेलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरू भारतसमक्ष राख्न सुझावसमेत दिएको छ ।

भारतले नेपालको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी भूभाग अतिक्रमण गरी नेपालको भूमि डुबानमा पारेर अन्तर्राष्ट्रिय कानुनविपरीत सिमानामा बाँध, तटबन्ध र सडक बाँध बनाएको जनाउँदै बैठकले प्रधानमन्त्रीले भारतीय समकक्षीसँग नेपालको अतिक्रमित भूमि तत्काल फिर्ता गर्न र नेपाली भूमि डुबानमा पर्ने गरी बनाइएका बाँधहरु भत्काउन आवश्यक पहल गर्न सुझााव दिएका छन् ।
तर नेपाल भारत सिमानामा नेपालले तारबार  लगाउन थालनीका लागि 
कुनै पाटीले कुरा नउठाएको हुँदा सदनमा कुरा उठाउन जनताले नेपाल मजदुर किसान पाटीलाई अनुरोध गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.