Websoft University

अब यस्तो हुनेछ मोरंङको स्थानीय तह

बिराटनगर,असोज ३ गते ।
लामो विवादपछि मोरङमा स्थानीय तहको संख्या र सीमा टुंगो लागेको छ । राजनीतिक दलहरुको विवादका कारण मोरङको प्राविधिक सहयोग समितिले स्थानीय तहको संख्या र सीमा केन्द्रमा सिफारिस गर्न सकेको थिएन ।
प्राविधिक समितिमा भएको सहमतिअनुसार अब मोरङमा एक महानगरपालिका, सात नगरपालिका र पाँच गाउँपालिका रहनेछ । प्रस्तावित मस्यौदा तत्काल आयोगलाई सिफारिस गर्ने प्राविधिक सहयोग समितिका सदस्य सचिव डम्वरुवल्भव बरालले जानकारी दिए ।
स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले मोरङलाई मोरङ १३ स्थानीय तहकै सिलिङ दिएको थियो ।
विक्रम संवत २०६८ सालको जनजणना अनुसार १० लाख जनसंख्या रहेको मोरङ जिल्लामा हाल एक उपमहानगरपालिकासहित सात नगरपालिका ५० गाविस रहेको थियो ।
अब यस्तो हुनेछ स्थानीय तह
Morang_New_Map

जिल्लास्थित प्राविधिक समितिमा भएको सहमतिअनुसार विराटनगर महानगरपालिका बन्नेछ । विराटनगर हाल उपमहानगर छ । यसलाई महानगर बनाउने क्रममा छिमेकी गाविसहरु बुधनगर, भातिगछ, कटहरी, वैजनाथपुर, टंकिसिनुवारीको पुरै भाग तथा लखन्तरी र हातिमुढा गाविसका केही भागहरु समेटिने छन् ।
त्यसको प्राविधिक पक्ष मिलाउन राजनीतिक दलहरुको सहमतिमा जिविसका प्राविधिकसहितको टोली गठन गरिएको एमाले मोरङ जिल्ला अध्यक्ष महेश रेग्मीले जनाकारी दिए ।
महानगरपालिका बनाउँदा आवश्यक पर्ने जनसंख्या मिलाउँदा भौंडाह र झोराहाटका विराटनगर चक्रपथले समेट्ने क्षेत्रहरु समावेश गर्नसक्ने गरी छलफल टुंगिएको छ । झोराहाट गाविसलाई गाभ्ने विषयमा भने सहमति बनिसकेको छैन । यसबारे केही राजनीतिक दलहरुको असन्तुष्टि रहेकाले थप छलफल आवश्यक रहेको बताइएको छ ।
जिल्लाको पूर्वी सिमाना उर्लावारीलाई केन्द्र बनाएर मधुमल्ला, रमितेखोला, टाँडी मिलाएर नगरपालिका बनाउने सहमति भएको छ । यस्तै लेटाङ, वारंगी, सिंहदेवीको अधिकांश भाग र भोगटेनी मिलाएर नगरपालिका बनाउन सिफारिस भएको छ ।
आठ पहाडी गाविस रहेको मोरङको पाटीगाउँ, याङशिला, केरावारी र सिंहदेवीको केही भाग मिलाएर गाउँपालिकाबन्नेछ। राजमार्ग आसपासमा रहेको पथरी शनिश्चरे, हसन्दह र अमरदह गाविस मिलाएर नगरपालिका बनाउन सिफारिस गरिएको छ ।
बेलवारी, डाँगिहाट, कसेनी, बाहुनी र केरावारीको ९ नम्वर वार्डलाई मिलाएर बेलवारी केन्द्र हुनेगरी नगरपालिका प्रस्ताव गरिएको छ । सुन्दर दुलारी र कोशी हरैंचा दुई नगरपालिका गाभेर एउटा र रंगेली, टकुवा, डाइनिया मिलाएर दक्षिणमा अर्को नगरपालिका प्रस्ताव गरिएको छ ।
बवियाविर्ता, दादरवैरिया, सोह्राभाग र थलाहालाई मिलाएर गाउँपालिका प्रस्ताव गरिएको छ । राजघाट, इटहरा, गोविन्दपुर, झुर्किया र महादेवा मिलाएर नगरपालिका वा गाउँपालिका बनाउन प्रस्ताव गर्ने सहमति भएको छ । वयरवन, होक्लावारी, केरौन र दर्वेशाको ८ ओटा वार्ड समेटेर एउटा गाउँपालिका बनाउन सहमति जुटेको छ ।
स्थानीय तह पुनर्संरचना गर्न बनेको समितिमा संघीय समाजवादी फोरमको प्रतिनिधि बाहेकका प्रमुख राजनीतिक दलहरुको सहमति रहेको जिल्ला प्राविधिक समितिले जाानकारी गराएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.