Websoft University

कोशी अञ्चल अस्पतालकाा डाक्टरहरूलााइ मन्त्रीको निर्देशन

विराटनगर, भदोै २ गते । स्वास्थ्यमन्त्री गगन थापाले पैसा नभएको बाहनामा सरकारी अस्पताल आएका बिरामीलाई बाहिर नपठाउन निर्देशन दिएका छन् ।

कोशी अञ्चल अस्पतालको आइतबार निरीक्षण गर्दै मन्त्री थापाले चिकित्सक,स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन दिदैं भने,‘उपचारका लागि सरकारी अस्पताल परिसरमा आई सकेपछि कोही पनि बिरामीलाई बाहिर नपठाउनु होला ।’

उनले अस्पतालमा के समस्या पर्छ इमेल लेखेर पठाउन र त्यसलाई आफैले हेरेर समस्या समाधानमा पहल आफैले गर्ने बताए । अस्पतालको सेवा राम्रो भएको तर अझ व्यवस्थित गर्न सकिने पनि उनले बताए ।

थापाले नयाँ प्रविधि भित्राउनका लागि विराटनगरका रैथाने, व्यापारी तथा उद्योगीलाई कोशी अस्पताललाई सहयोग गर्न आग्रह गरे । उनले भने,‘नयाँ प्रविधि आए यही चेकजाँच हुन्छ उपचार गर्न तपाईहरुले पनि बाहिर जानु पर्दैन् ।’

सरकारी अस्पताललाई उपल्लो र गरिब दुबैको साझा सम्पति बनाउन पनि आग्रह गरे । कोशी अस्पताल सुधार र्न आफूले गर्ने सबै प्रयास गर्ने पनि मन्त्री थापाले बताए ।

उनले यो अस्पताल सबैको साझा हुनुपर्ने बताए ।
उनले भने,‘मैले अस्पताल सुधार गर्न सबै प्रयास
गर्छु ।’ थापाले प्रसूति वार्ड, बच्चा वार्ड, इमरजेन्सी
वार्ड पनि निरीक्षण गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.