Websoft University

बेलायत सरकारले छात्रवृत्ति यसपाला १२ नेपाली युवा युवतीलााइ दियो




बिराटनगर, भदोै २३लायत सरकारले हरेक वर्ष संसार भरका देशहरुमा प्रदान गर्ने प्रतिष्ठित चिभिनिङ छात्रवृत्ति यसपाला १२ नेपाली युवा युवतीले पाएका छन् ।
नेपालस्थित बेलायती दुतावासले बुधबार जनाए अनुसार यी सबै विजेता अबको एक वर्ष बेलायतका विभिन्न प्रतिष्ठित विश्वविद्यालयमा स्नातकोत्तर पढ्नेछन् । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले छात्रवृत्ति पाउनेहरुलाई स्वागत गर्दै बेलायतमा तय हुने टिकट यात्राको शुभेच्छापनि दिए। 
चिभनिङका विजेतालाई पढाइ खर्चका साथै आवास, यातायात र अन्य सबै शुल्क समेत बेलायत सरकारले उपलब्ध गराउने गर्छ । यो वर्ष संसारभरका १५ सय युवायुवतीले यो छात्रवृत्ति पाउँदैछन् । त्यस मध्ये नेपालबाट १३ छानिएको दुतावासले जनाएको छ ।
छात्रवृत्ति विजेताहरु:
१) अमन श्रेष्ठ, एमएस्सी इन म्यानेजमेण्ट (इन्टरपेनरसीप), दुरहाम युनिभर्सिटी
२) अमित कुमार कर्ण, एमएस्सी इन इनर्जी एण्ड सोसाइटी, दुरहाम युनिभर्सिटी
३) भाष्कर अवस्थी, एमएस्सी इन इन्टरनेशनल डेभलपमेण्ट, इनइक्युलिटी एण्ड डेभलपमेण्ट, युनिभर्सिटी अफ म्यानचेष्टर
४) विश्वराज भट्टराई, एमएस्सी इन सस्टेनेबल इनर्जी सिष्टम, युनिभर्सिटी अफ इडनवर्ग
५) घनश्याम खडका, एलएलएम इन इन्टरनेशनल एण्ड युरोपियन ह्युमन राइट, युनभर्सिटी अफ लिड्स
६) मनोज पौडेल, एमएस्सी इन लोकल इकोनोमिक डेभलपमेण्ट, लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स
७) डा. नितिन निश्चल भण्डारी, एमएस्सी इन इन्टरनेशनल हेल्थ पोलिसी, लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स
८) रविलाल शर्मा, एमएस्सी इन टनेलिङ एण्ड अन्डरग्राउण्ड स्पेश, युनिभर्सिटी अफ वारविक
९) ऋतु मिश्र, एमएस्सी इन टान्सपोर्ट प्लानिङ एण्ड इन्जिनियरिङ, युनिभर्सिटी अफ लिड्स
१०) सौरभ श्रेष्ठ, एमएस्सी इन विल्डिङ एण्ड अरबान डिजाइन एण्ड डेभलपमेण्ट, युनिभर्सिटी कलेज, लण्डन
११) सुष्मित शर्मा भट्टराई, एमएस्सी इन इन्टरनेशनल कन्स्ट्रक्सन म्यानेजमेण्ट एण्ड इन्जिनियरिङ, युनिभर्सिटी अफ लिड्स
१२) तनुजा श्रेष्ठ, एमएस्सी इन हाइ पफर्मेन्स एण्ड साइन्टीफिङ कम्प्युटिङ, स्वान्सी युनिभर्सिटी
१३) विवेक मानन्धर, एमएस्सी इन सिभिल इन्जिनियरिङ (वीथ सीसेमिङक डिजाइन), युनिभर्सिटी कलेज, लण्डन ।अनलाइन खबर
२०७३/०५/२३,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.