Websoft University

आज असोज ३ गते संविधान दिवस


बिराटनगर, असोज ३ गते ।
आज विहानैदेखि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधानको समर्थन गर्ने हरूको ठुुलो संख्या भएकाले देशै भरी संविधान दिवस मनाइरहेका छन्।
तर बिरोध गर्ने हरूले विरोधका विभिन्न कार्यक्रम घोषणा गररै बिरोध जनाउदै छन ।

सुरक्षा व्यवस्था कडा बनाउन विराटनगरका सबै ठाउँमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

संविधानको स्वागत गर्ने समूहले समर्थन र विरोध गर्ने समूहले विरोधमा विभिन्न कार्यक्रम गर्ने अग्रिम घोषणा गरेसंगै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बतसउनु भयो ।

मधेसी मोर्चा आवद्ध दल र समूहले संविधानको विरोध गर्ने भएका छन् । त्यस्तै अन्य राजनैतिक दल र विभिन्न संघ संस्थाले संविधानको समर्थनमा कार्यक्रम आयोजना गरिरहेका
छन् । समर्थन र विरोधमा हुने कार्यक्रमले झडपको स्थिती उत्पन्न गर्न सक्ने र स्थिती नियन्त्रण बाहिर जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको एसपी भण्डारीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.