Websoft University

चीन सघको व्यापारमा अनपेक्षित सुधार हुदै

चिनियाँ आयातमा २ वर्षयताकै पहिलो वृद्धि
भदौ २५ गते । पेचिङ्-चीन । गत महीना चीनको व्यापारमा अनपेक्षित सुधार आएको छ । यसलाई विश्वको आर्थिक वृद्धिदरमा सकारात्मक सङ्केतका रूपमा हेरिएको छ । त्यहाँको भन्सार विभागले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अगष्टमा आयात १ दशमलव ५ प्रतिशतले बढेको छ । यो सन् २०१४ यताकै आयातमा भएको पहिलो वृद्धि हो । जुलाईमा भने आयात साढे १२ प्रतिशतले घटेको थियो ।

सो अवधिमा चीनको आयात ४ दशमलव ९ प्रतिशतले घट्ने अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न औसत अर्थशास्त्रीहरूले बताएका थिए । त्यस्तैगरी गत महीना निर्यात २ दशमलव ८ प्रतिशतले घटेको तथ्याङ्क छ । अघिल्लो महीनाको तुलनामा सो अवधिमा निर्यातमा सुधार आएको छ । जुलाईमा भने चिनियाँ निर्यात ४ दशमलव ४ प्रतिशतले खुम्चिएको थियो । गत महीना निर्यात ४ प्रतिशतले घट्न सक्ने रोयटर्सको अनुमान थियो ।

यस तथ्याङ्कले व्यापार क्षेत्रका लाखौं रोजगारी बचाउने चिनियाँ नेतृत्वको प्रयासलाई राहत दिने विश्लेषण गरिएको छ । आयातमा भएको वृद्धिले चीनको सुस्ताउँदो मागमा सुधार आएको सङ्केत गरेको विश्लेषकहरूले बताएका छन् । अगष्टमा चीनले १ खर्ब ९० अर्ब ६० करोड डलरबराबरको वस्तु निर्यात गरेको छ भने १ खर्ब ३८ अर्ब ५० करोड डलरबराबरको वस्तु आयात गरेको थियो । 
सो अवधिमा उसलाई ५२ अर्ब डलरबराबरको व्यापार बचतभएकोछ ।

‘विश्वको मागमा आएको क्रमिक सुधारको अर्थ आउँदा त्रैमासमा निर्यात उँभोतिर लाग्छ भन्ने हो,’ क्यापिटल इकोनोमिक्सका जुलियान इभान्स–प्रिटचार्डले एक प्रतिवेदनमा भनेका छन् । त्यसैगरी सुदृढ घरेलु माग र अन्तरराष्ट्रिय बजारमा कमोडिटिजको भाउमा आएको थप सुधारले आयात पनि बढ्न सक्ने उनको भनाइ छ । अगष्टको व्यापार तथ्याङ्क उत्साहजनक रहे पनि सुस्त रहेको विश्वव्यापी मागले चीनको निर्यात र म्यानुफ्याक्चरिङ परिदृश्यमाथि दबाब सृजना गरिरहने एक नोटमा एन्जीले उल्लेख गरेको छ । रासस/एपी
२०७३/०५/२५,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.