Websoft University

पशुपालन र खेतीका लागि सरकारले पुँजीगत अनुदान दिने


बिराटनगर, भदोै २२ गते ।
तरकारी खेतीमा लाग्ने युवा किसानलाई प्रतिहेक्टर ४० हजार रुपैयाँ र तराईका लागि ६० हजार रुपैयाँसम्म, माछा पाल्न प्रतियोजना ५० हजार रुपैयाँ र च्याउ खेती गर्न ४० हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराइने छ । यस्तै बङ्गुरपालनतर्फ दुईदेखि पाँच सम्म प्रजनन्योग्य बङ्गुर पाल्ने किसानलाई बढीमा ५० हजार रुपैयाँ, १५ प्रजननयोग्य बङ्गुर पाल्नेलाई ७५ हजार रुपैयाँ पुँजीगत अनुदान उपलब्ध गराइने छ ।
कृषक समूह वा सहकारीमार्फत प्रतिसदस्य कम्तीमा १५ प्रजननयोग्य बङ्गुर पाल्नेलाई तीन वर्षका लागि हरेक वर्ष एक लाख १५ हजार रुपैयाँका दरले तीन लाख ५० हजार रुपैयाँसम्म सहयोग गरिने मन्त्रालयको कार्यविधिमा उल्लेख छ ।
बाख्रा पालन कार्यक्रममा लागि व्यक्तिगत रूपमा पाल्नेलाई ५० हजार रुपैयाँ, व्यावसायिक रूपमा पाल्नेलाई एक लाख ५० हजार र सहकारीलाई दुई लाख रुपैयाँ बराबरको अनुदान उपलब्ध गराइने छ ।
कार्यक्रममार्फत पहिलो चरणमा करिब बीस हजार युवा कृषकलाई स्वरोजगार बनाउने लक्ष्य राखिएको छ । पहिलो चरणको कार्यक्रम सफल भए आगामी वर्षदेखि थप रकम पुँजीगत सहयोग उपलब्ध गराइने छ । सो रकम आगामी चार वर्षभित्र युवा किसानले सरकारलाई फिर्ता गर्नुपर्ने छ ।
२०७३/०५/२२,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.