Websoft University

उत्पादन बढाउदा पनि खाद्यन्नको अभाव किन ?

उत्पादन बढे पनि खाद्यन्न अभाव
बिराटनगर,असोज ४ गते । नेपालमा विगतको तुलनामा खाद्यान्न (धान, मकै र गहुँ)को उत्पादन केही बढेको छ । तर, बढ्दो जनसङ्ख्याको मागअनुसार खाद्यन्न उत्पादन बढ्न नसक्दा नेपालमा खाद्यन्न अभाव बढ्दै गएको छ । उक्त समस्या समाधान गर्न उत्पादन बढाउनुपर्ने बाध्यता छ । यसका लागि  नयाँ-नयाँ उत्पादन प्रविधि कृषक समक्ष पुर्याएर त्यसको प्रयोगका लागि आवश्यक तालीम प्रदान गर्नु आजको आवश्यकता हो । 

कृषि तथा सहकारी मन्त्रालयले प्रत्येक वर्षसार्वजनिक गर्ने तथ्याङ्कमा खाद्यन्न उत्पादन, माग र सन्तुलनको अवस्थालगायत विषयका तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । विगत ५ वर्षको तथ्याङ्क हेर्दा सन् २००५/०६ मा आवश्यकताभन्दा केही बढी खाद्यान्न उत्पादन भएको थियो । तर, अन्य वर्षहरुमा खाद्यान्न नपुग भएको पाइन्छ । 

धान, मकै, गहुँ, कोदो र जौलाई आधार मानेर निकालिने यस तथ्याङ्कभित्र फापर र आलु पर्दैन । तर, हिमाली भेगमा यी दुवै बालीले खाद्य उपभोगमा ठूलो हिस्सा ओगटेको छ । तापनि समग्रमा बहुसङ्ख्यक नेपालीको खाद्यान्नमा चामल, मकै, गहुँ र कोदो प्रमुख 
छन् । यी बालीहरूको उत्पादन वृद्धिदर गहुँमा झण्डै दुगुना, धानमा डेढ गुन र मकैमा सामान्य बढेको विगत ३० वर्षको तथ्याङ्कले देखाउँछ ।

गहुँमा उत्पादन धेरै बढ्नुमा पहिले स्थानीय जातको मुडुले गहुँ लगाइन्थ्यो भने अहिले प्राय: सबै ठाउँमा उन्नत जातको गहुँ लगाइन्छ । कोदो र जौको उत्पादन भने केही घटेको छ । उत्पादन वृद्धिदर एक हेक्टर (करीब २० रोपनी) लाई आधार मानी निकालिएको छ । सो अवधिमा कोदो र जौको उत्पादन घटे पनि क्षेत्रफलका हिसाबले यी बालीले थोरै जग्गा ओगटेका छन् भने धानले सबैभन्दा धेरै क्षेत्रफल ढाकेको छ । नेपालमा खेती गरिएको करीब ३१ लाख हेक्टर जमीनमध्ये धानले झण्डै आधा भाग १ हजार ४ सय ८१ हेक्टर ओगटेको छ । 

नेपालमा करीब १५ लाखभन्दा बढी क्षेत्रफलमा धानको खेती गरिन्छ (१५ लाख ५५ हजार ९ सय ४० हे) । मकै दोस्रो प्रमुख  खाद्यान्न बाली हो । यसले झण्डै ९ लाख हेक्टर (८ लाख ७५ हजार ६ सय ६० हे) ओगटेको छ । त्यसैगरी ७ लाख ३१ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको छ । यी तीन बाली नै खाद्यन्न उत्पादनमा निर्णायक बन्दछन् क्षेत्रफका आधारमा कोदो र जौको उत्पादन क्षेत्रफल वर्षेनी घट्दै गएको छ । यी बाली (कोदो र जौ)को साटो किसानहरूले अदुवा वा मकै र गहुँ बढी लगाउने र सिँचाइ भएको ठाउँमा तरकारी खेतीतर्फ आकर्षित हुँदै अएकाले पनि खाद्यन्नको उत्पादन त्यति बढ्न नसकेको अनुमान विज्ञहरूको छ । कृषि समाचार,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.