Websoft University

पांच सिमेन्ट उधोगलाइ कारबाही छान- बिन सुरु ।


काठमाडौ, भदोै २९ गते । नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको परीक्षणका क्रममा पाँच उद्योगबाट उत्पादित सिमेन्ट गुणस्तरहीन पाइएको छ। 
विभागले ति उद्योगलाई सोमबार विशेष निर्णयबाट कारबाही समेत गरेको जनाएको छ। 
तीन उद्योगका सिमेन्टमा कम्प्रेसिभ स्ट्रेन्थ न्यूनतम मापदण्डभन्दा कम भेटिएपछि कारबाहीमा परेका छन् भने दुई उद्योगका सिमेन्टमा आई आर तोकिएको अधिकतमभन्दा बढी भेटिएपछि कारबाहीमा परेका विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। 
सिमेन्टको प्रकार हेरेर त्यसको सेटिङ हुने समयअवधि र त्यसको मेगापास्कलको न्यूनतम मापदण्ड निर्धारण भएको र सोही मापदण्ड मिट नगर्ने सिमेन्ट उद्योगलाई कारबाही गर्ने निर्णय गरिएको महानिर्देशक पुडासैनीले बताए।  
 ‘३ दिन र ७ दिनको सेटिङ हुने सिमेन्टको अवधि निश्चित हुन्छ,’ पुडासैनीले सेतोपाटीसँग भने,‘ ३ दिनको लागि  १६ एमपिए र ७ दिनको लागि २२ एमपिए हुनुपर्ने मापदण्ड रहेको छ।’
बारामा रहेको अरनिको, रुपन्देहीको रिलायन्स र पर्साको श्री सिमेन्ट उद्योगका सिमेन्टमा कम्प्रेसिभ स्ट्रेन्थ अर्थात मजबुति न्युनतम मापदण्डभन्दा कम फेला परेको थियो। 
सुपर एडभान्स तथा इन्फ्राटेक, एडभान्स, रिलायन्स सुपर शक्ति तथा रिलायन्स, कलश गोल्ड नामका पिपिसी तथा ओपिसी सिमेन्ट गुणस्तरहीन ठहरिएका हुन्। 
परीक्षणको क्रममा गुणस्तरहिन देखिएपनि उक्त सिमेन्ट उद्योगलाई १५ दिनको अवधि राखेर स्पष्टिकरण सोधिएको र त्यसपछि कारबाही हुने पुडासैनीले बताए। ‘हामीले स्पष्टिकरण सोधेका छौं, त्यसपछि हामी कानुनअनुसार ति उद्योगहरुलाई कारबाही गर्छौ’ उनले भने। 
बाँकेका जय बागेश्वरी र जय मंगलम सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा आईआर अधिकतम मापदण्डभन्दा बढी भेटिएपछि ति उद्योग पनि कारबाहीमा परेका छन्। बज्र शक्ति, त्रिशक्ति सुपर र जेबिसी नामका सिमेन्ट जय बागेश्वरीका उत्पादन हुन् भने जय मंगलमले यति, जेएमसिज रक स्ट्रोङ र गौरव नामका सिमेन्ट उत्पादन गर्दै आएको छ। 
न्यूनतम मेगापास्कलभन्दा बढी हुनुपर्नेमा झनै कम भएका सिमेन्टलाई कानुनअनुसार कारबाही हुने पुडासैनीले जानकारी दिए।
उद्योगकहरुको स्पष्टिकरण आइसकेपछि उद्योगको निरीक्षण पनि गर्ने र निलम्बन र प्रतिबन्ध के गर्ने भनेर त्यसपछि विभागले कदम चाल्ने महानिर्देशकको भनाई छ। तर न्युनतम गुणस्तर कायम नगर्ने उद्योगकहरु निलम्बनमा अहिले नै परिसकेको र स्पष्टिकरणपछि प्रतिबन्धमा पर्ने पुडासैनीलेबताए। बिराटनगरको कटहरीबाट उत्पादन हुने भ०य सिमेन्टको गुणस्तर खराव भए जनगुनासो बढीरहदा पनि कारबाही भएकोछैन, यसलाइ पनि तु कारबाही गरियोस भन्ने आम उपभोक्ता र जनताको माग रहेकोछ। २०७३/०५/२९,
अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.