Websoft University

आजको बस दुर्घमा ५६ जना घाइते

बिराटनगर, असोज २६, गते ।
पूर्व–पश्चिम राजमार्गअन्तरगत झापाको विर्तामोडमा आज बिहान दुईवटा बस एक आपसमा ठोक्किँदा ५५ जना घाइते
भएका छन् भने,  सप्तरीको पोर्ताहा-२ पूर्व पश्चिम राजमार्गमा विहान ११ बजे ना.५ ख ५५८५ नम्बरको बसले बाटो काट्दै गरेका साइकलयात्रीलाई ठक्कर दिंदा सप्तरी गोईठी-५ बस्ने १४ वर्षिय विष्णु महतो घाइते भएका हुन । झापाकै पश्चिम धर्मकाँटा नजिकै बुधबार विहान दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएका हुन् ।

काँकरभिट्टाबाट बिराटनगरतर्फ आउँदै गरेको ना ५ ख ६५६१ बस बिराटनगरबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बससँग ठोक्किएको थियो । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । दुबै बसका घाइतेमध्ये २९ जनाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

१६ जनाको बिर्तासीटी र ९ जनाको मनमोहन हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । बसमा दशैंको टीकाटालोका लागि आपन्तजन भेट्न हिँडेका यात्रुहरु थिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.