युवराज ठकुरी/सिंहदेवी,मोरङ,असोज १५ गते ।
उत्तरी मोरङ सिंहदेवीमा स्थापित सुनधारा कृषि सहकारी सस्थाले पाँचौ साधारण सभा सम्पन्न गरेको छ।
पहाडी ग्रामीण विकास सस्थाको सहयोगमा २९जना सदस्यहरु मिलि स्थापना गरेको सस्था आज सम्म आइपुग्दा २३४सदस्य पुर्याउन सफल भएको अध्यक्ष प्रेम लिम्बुले बताए।
सस्थाले सेयर सदस्य कृषकहरूको लागि बेमौसमी खेती तालिम,बाख्रा पालन तालिम खोर सुधार तालिम र टनेला वितरण कार्यक्रम पनि गरिसकेको छ।पाँचौ साधारण सभा अध्यक्ष प्रेम लिम्बूको सभापतित्व र सचीव टेकबहादुर लिम्बूको संचालनमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रम अतिथिहरु महाभारत बचत तथा रिन सहकारीका सचिब भिम ठकुरी,सहसचिव यमन मुसङ,
गाविस प्रतिनिधि रन्जित बुढाथोकी, महाभारत बचत तथा
रिन सहकारीका व्यवस्थापक मनोज अधिकारी,फाइट साप्ताहिक,रातोताराका युवराज ठकुरी,चन्द्र लिम्बू,महिला प्रतिनिधि गीता राई लगायतले शुभकामना मन्तव्य तथा स्वागत मन्तव्य उपाध्यक्ष लालबहादुर वनेमले राखेका थिए।
कार्यक्रम जेष्ठ सदस्यहरु नन्दबहादुर ठकुरी,कृष्णबहादुर ठकुरीले मैन वत्ती बालेर र जेष्ठ नागरिक मन्चका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले व्यानर पढेर उद्घाटन गरेका थिए।साधारण सभामा अध्यक्ष प्रेम लिम्बूले प्रतिवेदन प्रस्तुत गरेका थिए।
Post a Comment