युवराज ठकुरी "अज्ञानी"आजकाल,
मन बेचैनीमा पीडा सुसेलिरहन्छ,
स्मृतिका प्रत्येक पाना पल्टिएसगै
बल्झिएर घाउ चहर्यारहन्छ।
तिमीले छाडेर गएको एक सुन्दर सपना
अहिले पनि सुदुर क्षितिजमा मलाई र मेरो
एक्लोपनलाई गिज्याइरहे झै लाग्छ,तिमी
उत्साह अनि चाहनाका रङ्गीन बगैंचामा
आशाका फुलहरु ढकमक्क फुलाउथ्यौ
र आफू पनि जीवन्त मुस्कुराउथ्यौ,
खुशी पोखिएर मनभरी छताछुल्ल हुन्थियो,
म सम्झन्थे
मेरो हृदयको स्पन्दन तिमी हुनुमा चलेको छ
आत्मीयताका स्वरहरु तिमीले नै गुन्जाएका
छौर सुन्दर सपनाको द्र्ष्टा पनि तिमी नै हौ,
आज थाकेर सुस्ताएको भरिया जस्तै
अतीत स्मरणमा यादको भग्नावशेष चौतारीमा
ढलेको छु
भ्रम,वास्तविकता र सपना
एक पछि अर्को छर्लङिगन खोज्छ्न,
अझै पनि तिमी हुनु र नहुनुको अर्थ खोजिरहेको छु,
तिम्रो स्मृतिको जीजिविषा
हरेक पल जिउने संघर्ष गरिरहेको छ।
धन्यवाद
सिंहदेवी -७ मोरङ
प्रकाशन मिति-२०७३/०६/१७,
Post a Comment