रोशन पोखरेल-बिराटनगर, असोज ३० गते । सरकारी अनुगमनको अभावका कारण विराटनगरका उपभोक्ता
ठगिने गरेका छन् । नापतौल गुणस्तर कार्यालय विराटनगरको प्रभावकारी अनुगमन नभएका कारण ढुङ्गाको ढक प्रयोग
गरी उपभोक्ता ठगिने गरेको उपभोक्ताको गुनासो छ ।
विराटनगर बजारका व्यापारी, व्यवसायीले प्रयोग गर्ने ढुङ्गाको ढककाकारण उपभोग्य सामाग्री किनबेच गर्दा सेवाग्राही ठगिने गरेका हुन् ।
विराटनगरमा अवस्थित नापतौल पूर्वाञ्चल क्षेत्रीय कार्यालयको अनुगमन प्रभावकारी नहुँदा सेवाग्राही ठगिने गरेका स्थानीय ओमराज चौलागाईँले बताउनुभयो । तरकारी खाद्यान्नलगायत सामाग्री खरिद गर्दा व्यापारीले ढुङ्गाको ढक प्रयोग गर्ने गरेको बताइएको छ ।
विराटनगर बजारमा ढुङ्गाको ढकले उपभोग्य सामाग्री तौलिएर बिक्री गर्ने व्यापारी बग्रेल्ती भेटिने गरेका छन् । नापतौल पूर्वाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारीले कार्यालयमा ‘गफ’ दिएर समय बिताउने तर काम नगर्ने प्रवृत्तिका कारण अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ता देवनारायण शर्माकोे आरोप छ ।
दिनहुँ हुने उपभोग्य सामाग्रीको खरिद बिक्रीमा ढुङ्गाको ढकको प्रयोगले ठगिनु सरोकारवाला निकायको लापरबाही भएको स्थानीय महेशचन्द्र कार्कीको भनाइ छ । गुद्री बजार व्यवस्थापन समितिका सचिव गुड्डु मियाँका अनुसार नापतौल कार्यालयको अनुगमन प्रभावकारी नहुँदा समस्या भएको हो । उहाँले भन्नुभयो, “अनुममन नै गरेका छैनन् किन उपभोक्ता नठगिउन् ।
Post a Comment