विराटनगर असोज १५ रोशन पोखरेल-
खवास समाज परिषद केन्दिय कार्य समिती बिराटनगरले आज आफ्नो १९ औ बार्शिक साधारण सभा कोशी हरैचा नगरपलिका १४ मा सम्पन्न गरेको छ।
प्रमुख अतिथि आदिबासी जनजातीमाहासङ मोरङ का अध्यक्ष मिलन राइको आतिथ्य मा सम्पन्न कार्यक्रमको अध्यक्षकता चनकलाल चौधरी खवास ले गर्नुभएको थियो। कार्यक्रम मा परिशद का केन्द्रिय महासचिव कुमार बिक्रम खवास ले प्रतिबेदन प्रस्तुत गर्दै गतिबिधी प्रस्तुत गर्नुभयो।
२०६८ को जनगणना अनुसार १८५१३ रहेको खवास जाती को गणना निकै कम र कम्तिमा दुई अढाइ लाख रहेको र यो जातिलाइ थारु जातिको रुपमा नहेर्न पुर्ब अध्यक्ष तिलक चन्द्र चौधरी खवास ले आग्रह गर्नुभयो।
कार्यक्रम मा अहिले बन्दसत्रको कार्यक्रम कोशी हरैचा नगर पालिका १४ स्थित जनता उच्च मा बि मा हुदैछ।
Post a Comment