युवराज ठकुरी/सिंहदेवी, कात्तिक १४ गते।
जिन्दगी एक्लै जन्मेर एक्लै मर्नु पर्ने,जस्तै
खडेरी हुरीबतास आधितुफान आए पनि आखिर
बाचुन्जेल सहनै पर्ने यही सुखदुखको अर्को नाम
नै जिन्दगी हो क्यार।
हुनत सबैको आफ्नैकथाव्यथा हुन्छ तर भिन्न
वियोग र साहरा विहीन जिन्दगीको भारि
बोकेर बांचिरहेकी छिन सिंहदेवी 6समितेन
मोरङकी गुणमाया लिम्बू ।
२०१४ सालमा सिंहदेवी २ चिसापानीमा जन्मेर
वाल्यवस्था यौवनावस्था त्यही बिताइन्।
समय बित्दै जाँदा सिंहदेवी ६ समितेनका
बीरसमसेर लिम्बूसंग २०३९ सालमा उनको
विवाह भयो।
वैवाहिक जीवन सुखमय थियो सन्तानको
नाममा दुई छोरीहरु भए।जोम्ल्याहा जस्ता
छोरीहरुको जन्म पछि छोराको आवस्यकता
महसुस हुन पाएन उनको जीवनमा।तर यो खुसी धेरै
समय टिक्न पाएन ।
छोरीहरु बाल्यबस्था छदै जीवन सारथी २०४५ सालदेखि
घर छाडेर वेपत्ता भए कुनै खोज खबर विना कता हराए
आज सम्म अत्तोपत्तो छैन।
उनी अतीत सम्झिएर निक्कै भावुक बनिन।तापनि दुई छोरीहरुको साहराले श्रीमान बेपत्ता हुँदाको पीडालाई
सहजै पचाइन्।
उर्मिला र लीला उनका दुई छोरीहरु आमाको
न्यानो छहारीमा हुर्कदै पढाईमा निरन्तर
लागिरहे।दिदी अघि अघि बहिनी पछि पछि
विद्यालयको पढाई पार गर्दै अघि बढिरहे।
दिदी उर्मिला एसएलसी परीक्षामा धेरै पटक
असफल भईन त्यही असफलताले दिदी र
बहिनीको भेट गरायो।2063 सालको एसएलसी
दिन दुबैजना कम्मर कसेर लागे।उनीहरुको पढाइ
खर्चमा कुनै कमी हुन दिइनन्।
२०६३ सालको एसएलसीमा पनि दुबैजना असफल
भए। तरपनि पुरक परीक्षामा सामेल हुनपाए दुबै
जनाले।एसएलसीको फलामे ढोका तोडेर छाड्ने
सङ्कल्पका साथ २०६४ साउन ९ गते पुरक परीक्षा
दिन श्री कल्याणकारी मा विका विद्यार्थीसाथीहरुसँग झरे।
तर मृत्यूबाजा बजाएर नआउदो रहेछ पुरक परीक्षा
दिन बिराटनगर जाने क्रममा विराटचौकमा
माइक्रोबस दुर्घटनामापरि जीवन गुमाए दुबै
दिदीबहिनीले।
एसएलसीको फलामे ढोका उघार्न नपाउदै
उनीहरुलाई मृत्यूले परास्त गर्यो।आमा गुणमाया
लिम्बूको जीवनमा ठूलो भइचालो गयो
बुढेसकालको साहरा गुम्यो।जब एसएलसी
परीक्षा नजिक आएको सुन्छु छोरीहरुको यादले
सताउन थाल्छ।उनी भावबिह्लहुँदै आफ्नो अतीत
सुनाउछिन।
श्रीमान बेपत्ता हुँदाको पीडा छोरीहरु
गुमाउदाको पीडा दुखको पहाड बोकेर
बाँचिरहेकी गुणमाया आफू साहरा विहीन भएर
पनि आफ्नो छोरीहरुले छाडेर गएको अधुरो
सपना पुरा गर्न विविध कारणबाट
शिक्षालिन बन्चित हुन नपरोस भनेर
छोरीहरुको सम्झनामा (उर्मिला लीला
अक्षयकोष रु२००००) श्री कल्यानकारी मावि
सिंहदेवी (जंहा उनीहरुले अध्ययन गरेका थिए)मा
राखेका छन्।
यसबाट जेहेन्दार गरिब विद्यार्थीहरुलाई प्रत्येक वर्ष
छात्रावृति प्रदान गर्दछ उनी भन्छिन मेरी छोरीहरुको
सपना अधुरो भए पनि अरुको यस्तो नहोस्।
Post a Comment