सुनसरी, कार्तिक १ गते।
सुनसरीको सिमरिया-२ स्थीत एक घरमा आज आगलागी हुँदा एक जलेर नष्ट भएको छ भने अन्दाजी १५ लाख बराबरको क्षति भएको छ। स्थानीय सुरेन्द्र बहादुर ऋषिदेवको फुसको छानो भएको- १ तले विहान ९ बजे तिर खाना पकाउने क्रममा अचानक आगलागी भएको हो।
आगलागीबाट उनको नगद ५ हजार , घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको बताइएको छ।
आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ
Post a Comment