असोज १६ गते । सुर्खेतः उमेरले ६० वर्ष पुगिन् गंगा । सानैमा विवाह भएकाले पढ्न पाइनन् । छोराछोरी जन्मिए, घरव्यवहार समाल्नुपर्यो । छोराछोरीलाई पढाउनुपर्यो । तर उनको पढ्ने रहर भने मरिसकेको थिएन । त्यसैले बूढेसकालमै भए पनि उनी हिजोआज किताबको झोला बोकेर विद्यालय धाउन थालेकी छन् ।
‘छोराहरूले पढिसके, अब पढ्ने पालो मेरो', उनले खुसी हुँदै भनिन्, ‘नपढे पो लाज हुन्छ, पढ्न केको लाज ? ' पहिले पढ्न नपाएकोमा उनलाई पछुतो छ । छोरालाई पढाउने तर छोरीलाई पढ्न नपठाउने समयमा जन्मिएकी उनले रहर मारेरै घरव्यवहार समाल्न बाध्य भइन् त्योबेला ।
चाहेर पनि विद्यालय जान नपाएकी उनलाई अक्षर चिन्ने रहरले अहिले विद्यालयसम्म डोर्याएको छ । वीरेन्द्रनगर ११ चनौटे निवासी गंगा आफ्नो बाल्यकालको रहर पूरा गर्न अहिले गाउँकै हस्तवीर सामुदायिक प्राथमिक विद्यालयमा भर्ना भएकी छन् । उनले अक्षरसमेत चिन्न थालेकी छन् ।
बाल्यकालमा पढ्न नपाएका वीरेन्द्रनगर चनौटेका आमाहरू हिजोआज विद्यालय गएर पढ्न थालेका छन् । गंगाजस्तै यहाँका ४३ जना आमा अहिले स्थानीय हस्तवीर प्राथमिक विद्यालयमा ‘कखरा' सिक्दैछन् । ‘जोड, घटाउ, गुणन र भागदेखि एबीसीडी पनि सिकिरहेका छौं', ४४ वर्षीया अनिता सोमैले उत्साहित हुँदै भनिन् । अनलाइन बाट
२०७३/०६/१६,
२०७३/०६/१६,
Post a Comment