बिराटनगर, असोज २२ गते । आज भोलि केभाको छ डिडिसी को दूध तताउन थाले पछि सिनो जस्तो गनाउन थाल्छ यो चै के भाको हो । बिराटनगर दूध बिकास संस्थाले उत्पादन गरेको दूध बेलैमा सुधार नगर्दा उपभोक्ताहरूआ आक्रोसित हुन थालेका छन ।
डिडिसीको दूधमा सोडा र कोलिफर्म (दिसामा हुने हानिकारक जीवाणु) को मात्रा शून्य हुनुपर्छ ।
तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)
को पहिलो प्याकेटको दूध परीक्षण हुँँदा अस्ती कोलिफर्म र प्रतिमिलिमिटर १५० सिएफयू भेटिएकोथियो ।
तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र आठ प्रतिशत चिल्लोबाहेकको ठोस पदार्थ (एसएनएम) हुनुपर्ने मापदण्ड
रहन्छ ।
डिडिसीको दोस्रो प्याकेटको परीक्षणमा दूधमा फ्याट दुई प्रतिशत, एसएनएम ७.६ प्रतिशत मात्रै भेटियो । तोस्रो प्याकेटको परीक्षणमा फ्याट २.८ प्रतिशत र एसएनएम ७.७ प्रतिशत मात्रै देखियो । चौथो प्याकेट परीक्षणमा खाने सोडा (सोडिएम बाई कार्बोनेट) भेटियो, जुन राख्न बन्देज छ ।
चिल्लो र ठोस पदार्थ तोकिएभन्दा कम राख्नु ठगी भएको
खाद्य विभागले जनाएको छ । विभागले फरक फाइल बनाएर डिडिसीलाई कारबाही गर्न काठमाडौं प्रशासनमा मुद्दा दायर
गर्यो । तर, काठमाडौं प्रशासनले क्रमश: पााच हजार, दुई हजार, दुई हजार र नौ हजार रुपैयाँ जरिवाना मात्र तिराएर छाडेको भन्दै उपभोक्ताहरू आक्रोसित भएकाछन् ।
Post a Comment