Websoft University

आज महा अष्टमीकादिन विभिन्न शक्त्तिपिठमा दर्शनार्थीको घुँइचो


रोशन पोखरेल असोज २३, विराटनगर  ्र बिजयादशमीको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । यस अवसरमा आज दसैँघर र कोत लगायत देशका विभिन्न शक्तिपीठहरुमा पशु बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा रहेको छ ।

विराटनगरको कालि मन्दिरमा भक्तजनको चहलपहल विहान ३ वजे देखि नै रहेको छ । कालि भगवानको पुजा आराधना वषेर्नि नेपाल लगायताका विभिन्न ठाउँबाट भक्त्तजनको घुइचो लागेको छ । कालि मन्दिरमा पशुवलि दिएमा कालि माताको आशिबाद स्वरुपमा आफनो मनोकाङक्षा पुरा हुने विश्वासका साथ आफुले मातालाई खुशी पार्नको लागी वलि दिएको एक सहभागिले बताएका छन ।

त्यस्तै, विभिन्न शक्तिपिठमा धरानको ्पिण्डेश्वरी दन्तकाली , बुढासुब्वा , तापलेजुङका्े पाथिभरा मन्दिर , खोटाङको हलेसी मन्दिरमा पनि उल्ल्ेखनिय रुपमा भक्त्तजनको धुइचो लागेको हाम्रा सम्वादाताहरुले जानकारी दिनुभयोै । पूर्वाञ्चलका बिभिन्न स्थानहरुमा हिन्दु धर्मावलम्वीहरुले देविको् पुजा आराधना गदै लगायतका शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

आज घर(घरमा राखिएका वा कलकारखानामा रहेका हतीयारलाई धोईपखाली महादेवी दुर्गाको हतीयारको रुपमा स्थापना गरि पुजा गर्ने गरिन्छ । आज मध्यरातमा बली सहित कालरात्रीको पुजा गर्ने पनि चलन छ । भक्तजनको यस पुजा बाट प्रसन्न भइ देवीले शुभफल र आर्सीवाद दिन्छीन् भन्ने विश्वास रहि आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.