Websoft University

दुई मोटरसाइकल ठोक्किदा चार घाइते


सप्तरी, असोज ३० गते। कल्याणपुर-३ मा आइतबार दुई मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते भएका छन्। विहान ८;२० बजे कल्याणपुर-३ स्थीत पूर्व पश्चिम राजमार्गमा भे. ५ प ५७६८ नम्बर र स ७ प  ४४३२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।

दुर्घटनामा  डोल्पा जिल्ला दुने-२ बस्ने अन्दाजी २३ बर्षिय दिपेन्द्र ठकुल्ला, उनका बुबा हर्क बहादुर ठकुल्ला र सप्तरी कुसाहा-२ बस्ने  सुनिल चौधरी तथा सोही ठाउँकी बिनादेबी चौधरी घाइते भएका छन्।

घाइते चारै जनालाई उपचारको लागी लहान लगिएकोमा हर्क बहादुरलाई थप  उपचारकोलागी काठ्माण्डौ पठाइएको इलाका प्रहरी कार्यालय कल्यणपुरले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.