Websoft University

मोर्चाले उठाएका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्छ: विजय कुमार


असोज २० विराटनगर,
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका संविधान संशोधनलगायतका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गदै अध्यक्ष विजय कुमार गच्छदारले पूरा गर्न सकिने मागबारे सरकारले तत्काल स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।

उहाँले मोर्चाले उठाएका माग छठ पर्वअघि नै टुंगोमा र्पुयाउन सुझाव दिनुभयो  । मोर्चासँग सहमति कायम गरेर नयाँ निर्वाचन गर्नुपर्ने उहाँको  भनाइ रहेको थियो ।अध्यक्ष गच्छदारले आगामी २०७४ साल माघ ७ गतेभित्र तीन चरणको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले संविधान संशोधन र कार्यान्वयनका लागि सबै दल एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.