Websoft University

दसैं अवधि भरमा १० करोड ४३ लाख ८१ हजार राजश्व असुली



विराटनगर , २९ असोज ।
 विराटनगर भन्सार कार्यालयले दसैं अवधि भरमा १० करोड ४३ लाख ८१ हजार राजश्व असुली गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार सप्तमीमा अर्थात असोज २२ गते ३ करोड ५९ लाख असोज २३ गते १ करोड राजश्व असुली गरेको जनाएको छ । यसैगरी हिजो ५ करोड ६९ लाख राजश्व असुली भएको भन्सार अधिकृत अर्जुन न्यौपानेले बताउनु
भयो ।

नवमी, दशमी तथा एकादशी दशै विदा परेको भएतापनी सो अवधिमापनी भन्सार कार्यालयले १५ लाख राजश्व असुली गरेको अधिकृत न्यौपानेले बताउनुभयो ।

सो अवधिमा तरकारी, फलफुल, कपडा  लगायतका समान विराटनगर भित्रिएका छन । विराटनगर भन्सार कार्यालयले दैनिक ६ करोड राजश्व संकलनगर्दै आएको छ । हिजो बाट देखी सो लक्ष्य अनुसारको राजश्व संकलन हुन थालेको अधिकृत न्यौपानेले बताउनुभयो ।

अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन मात्र बन्द भएको थियो  । सर्वसाधारणको सहजताका लागि नवमी र दशमीको दिन  मात्र बन्द भएको थियो। कार्यालय प्रमुख कृष्ण बस्नेतका अनुसार सर्वसाधारणको सहजता र उद्योगी व्यापारिका्े सहजताको लागी दशै जस्तो महान पर्वमा पनि भन्सार सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

विराटनगर भन्सार कार्यालयले दैनिक करिब रु छ करोडको राजस्व सङ्कलन गर्दै आएको छ । बन्दका समयमा पनि उद्योगी व्यापारीलाई भन्सार निकासी पैठारीमा सहयोग
 पु¥याउने भन्सार प्रमुखको उद्देश्य रहेको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.