Websoft University

विभिन्न क्षेत्रमा काम गर्ने ६ जना व्यक्तित्वलाई सम्मान


रोशन पोखरेल,विराटनगर, कात्तिक २ गते ।
जापनमा बस्ने नेपालीहरुको संस्था पूर्वी नेपाल विकास सहयोग केन्द्रले मोरङका विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।आज  विराटनगरमा आयोजित कार्यक्रमबीच कृष्ण मंगलबारेका कृषक उदयचन्द्र श्रेष्ठ, विराटनगरकी जुत्ता उद्यमी चम्पा नेपाल, व्यवसायी पुनित पौडेल, पोखरिया उच्च माविका प्राचार्य खेमराज भट्टराई, अन्नपूर्ण पोष्टका पत्रकार कुमार लुइँटेल र कलाकार निरोज गौतमलाई नगदसहित सम्मानित गरेको हो ।

सांसद पवनकुमार शारडा,मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राया, पूर्वी नेपाल विकास सहयोग केन्द्र जापानका अध्यक्ष सुभाष प्रसाद लोहनी,उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, प्राज्ञ दधीराज सुवेदी र जिल्ला सहकारी संघ मोरङका सदस्य रामचन्द्र गौतमले संयुक्त रुपमा सम्मान गरे ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्ट, केन्द्रका सदस्य अमित गौतम र सल्लाहकार आनन्द कोइरालाले नेपालीहरु जहाँ रहेपनि आफ्नो मुलुक प्रति चिन्तित रहेको बताउनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.