Websoft University

समितेनवासीको आफ्नै लगानीमा कृषि मोटरबाटो सुचारु

 

युवराज ठकुरी/सिंहदेवी,मोरङ,असोज १६ गते ।
उत्तरी मोरङको विकट गाविस सिंहदेवी वडा न ६ समितेनवासीले आफ्नै लगानीमा कृषि मोटरबाटो
दसैं अघि सन्चालनमा ल्याउने भएका छ्न।

सिंहदेवी गाविसको आधा सहयोग र जनताको आधा लगानीमा धनकुटाको राजारानी स्थित एसपी मोडदेखि
गएको हिउँदमानै बाटो सुचारु गरे पनि वर्षातका कारण ४/५महिना अबरुद्ध भएको उपभोक्ता समितिका अध्यक्ष पृतबहादुर लिम्बूले बताए।

मोटरबाटो सन्चालनमा आयो भनेर छबिन लिम्बूले मोटरसाइकल किने तर १/२महिना कुदाउन नपाउदै बाटो अबरुद्ध भयो,तत्काल उपभोक्ता मिलेर बाटो खोल्न नसक्दा ४/५महिना घरमै थन्क्याउनु परेको  छबिन लिम्बू  दुखेसो पोख्छन।

भौगोलिक अवस्थाले आफ्नै गाविसबाट  बाटो जोड्न नसकिए पछि धनकुटा जिल्ला राजारानी र वसन्तटारको सिमानादेखि  कृषि मोटरबाटो सन्चालनमा ल्याउनु परेको वडा नागरिक मन्चका अध्यक्ष किरात लिम्बूले बताए।

धेरै पछाडि मोटरबाटो सन्चालनमा आएपनि वर्षातमा अबरुद्ध भएपछि  त्यहाँ उत्पादित अदुवा,अम्लिसो,स्कुसहरु १०रुपैयाँ किलो मान्छेलाई नै बोकाएर लानु परेको स्थानीय उपभोक्ताहरु बताउछन्।
    राजरानी गाविसको  एसपी मोडदेखि सिंहदेवी ६स्कुलडाडा सम्म ११/१२किमिको बाटोमा विभिन्न ठाउँमा पहिरो खसेकाले ८०/९०हजारले मात्र बाटो खोल्ने सम्भावना रहेको र त्यो रकम स्थानीय उपभोक्ताहरुबाट नै सङ्कलन गरेर जेसिबी लगाउन सुरु गरिएको डम्बर लिम्बुले बताए।
उक्त कृषि मोटरबाटो सुचारु भए ८०/८५घरधुरी लाभान्वित हुनुका साथै त्यहाँ उत्पादित वस्तुहरु  १०रुपैयाँ केजीले मान्छेलाई बोकाएर राजारानीको कोर्णा र आइतबारे सम्म लानु पर्ने बाध्यताको अन्त्य हुने थियो कि?

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.