Websoft University

जेफाले चढ्न धनकुटाको वसन्तटारबाट सिढी बन्दै



युवराज ठकुरी/सिंहदेवी,मोरङ, असोज  २१ गते ।
बिस्तारै पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गरेको उत्तरी मोरङको सिंहदेवी ५मा अवस्थित जेफाले भ्यु टावर जानका लागि धनकुटाको वसन्तटार समेवादेखि पनि सिढी निर्माण गर्न थालिएको छ।

पुर्वान्चलको सोह्र वटा जिल्ला, विभिन्न हिमशृङ्खलाहरु र तराईका समथर फाटहरुको दृश्यावलोकन एकै ठाउँबाट गर्न सकिने,तराईको प्रचण्ड  गर्मीमा पनि बाह्रैमास सीतल महसुस गर्न सकिने भएकाले पनि यस ठाउँको आकर्षण बढ्दै गएको छ।

सिंहदेवी ५को विहिबारे बजार अलि माथी देखि सिढी निर्माण पहिले नै गरि सकिएको र धनकुटाको वसन्तटार समेवादेखी पर्यटकहरुलाई सहजताका लागि सिढी निर्माण गरिएको निर्माण समितिले जनाएको छ।

धनकुटा जिल्ला विकास समितिको दुई लाख पचास हजार सहयोगमा ९५वटा सिढी निर्माण गरिएको र बिस्तारै जेफाले सम्मनै निर्माण गर्ने लक्ष्य रहेको जेफाले पर्यटन  विकास समितिका उपाध्यक्ष मनप्रसाद मगरले वताउनुभयो।

धनकुटाको वसन्तटार र मोरङको सिंहदेवीमा अवस्थित भएकाले जेफाले भ्यु टावर निर्माणमा धनकुटाको पनि सहयोग रहेको छ।

यहाँ जानको लागि मोरङको खोर्साने हुँदै केराबारी देखि ३५किमि पहाडी कच्चीबाटो हुँदै आउन सकिनुका साथै धरान,भेडेटार देखि राजारानी,वसन्तटार समेवादेखी पनि आउन सकिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.